लण्डन । २०१८ सालको पहिचान पुरस्कार ‘भुइया’ लाई दिइने भएको छ । पहिचान पुरस्कार कोषले पुरस्कार प्रदान गर्ने भएको हो ।
लेखक तथा अनुवादक यज्ञसलाई रु २,०२,००२ (अक्षरुपी दुई लाख दुई हजार दुई रुपैयाँ) ‘पहिचान पुरस्कार’ चैत्र पहिलो साता प्रदान गरिने नेपाल प्रतिनिधि कवि गणेश खालिङ्ले जानकारी गराए ।
यज्ञशको कृतिले पहिचान विहीन भुइ समुदाय र मान्छेहरुको कथालाई गहकिलो प्रस्तुत गरेको छ । पहिचान प्राप्तिको लागि संघर्ष गरिरहेका जाती, समुदायको कारुणिक कथालाई उनले भुइयामा समेटेका छन् । ‘मधेश क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका बलदेव रामको कथा सबै पहिचान विहीनहरुको कथा हो र सुलो सदा, सावित्री चौधरी, पार्वती डगौरा, सलमा बेहेन, दुर्गा, ऊमा, तारा बिक, गंगामाया बानिया, नेप्लु, पुतली तामाङको संघर्षले उर्जा मात्र दिंदैन्, सांच्चै सोचमग्न बनाउंछ’- उनी भन्छन् ।
देशको एकात्मक अनुहारलाई वहुल बनाउन गरिएको उनीहरुको संघर्ष नै पहिचानको आन्दोलन भएकोले भुइयालाई यस वर्षको पहिचान पुरस्कार दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जानकारी गराएको छ ।
लेखनको माध्यमबाट पहिचान मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।
नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्ययन अनुसन्धान हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै नयाँ वहुल समाज निर्माणको लागि पहिचान पुरस्कार स्थापना गरिएको संस्थापक नरेश काङमाङ राईले बताए ।
पाँच–पाँच बर्षमा पुरस्कार राशी बढाउँदै लगिने कोषले जानकरी गराएको छ । पुस्तक, कृतिलाई यो पुरस्कार दिईने भएपनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ ।
यसअघि सो पुरस्कार राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’ र स्व अर्जुन खालिङको कृति ‘गोयाङको सुगन्ध’ लाई प्रदान गरि सकिएको छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ