
लन्डन । लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले एक कार्यक्रमबीच ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउन लागेको हो । आगामी जनवरी ११ तारिख दिउंसो लन्डन सडबरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक भरत क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, विभिन्न राजनीतिक दल निकट संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता र विद्यार्थीको सहभागितामा कार्यक्रम गर्न लागिएको जनाउंदै इच्छुकलाई सहभागिताका लागि निमन्त्रणा गरेका छन् ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले देशको विषम परिस्थितिमा पनि सन् २००७ देखि लन्डनमा वर्षेनी कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउंदै आएको छ । ‘गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नगरेपनि संगठन विभिन्न आलोचनाबीच पृथ्वी जयन्ती मनाउन कहिल्यै पछि परेन’, कार्यक्रम संयोजक भरत क्षेत्रीले भने, ‘इतिहास कसैले बंग्याउन मिल्दैन । नेपाल एकीकरणका सूत्रधार पृथ्बी नारायण शाहको योगदानलाई केही दलका नेताले बिर्सेपनि राष्ट्र निर्माता सबै नेपालीको मन मस्तिष्कमा छन् ।’
शाहले विभिन्न भूभाग एकीकरण गरि आधुनिक नेपाल निर्माण गरेको इतिहास छ ।
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै