
लन्डन । लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले एक कार्यक्रमबीच ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउन लागेको हो । आगामी जनवरी ११ तारिख दिउंसो लन्डन सडबरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक भरत क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, विभिन्न राजनीतिक दल निकट संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता र विद्यार्थीको सहभागितामा कार्यक्रम गर्न लागिएको जनाउंदै इच्छुकलाई सहभागिताका लागि निमन्त्रणा गरेका छन् ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले देशको विषम परिस्थितिमा पनि सन् २००७ देखि लन्डनमा वर्षेनी कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउंदै आएको छ । ‘गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नगरेपनि संगठन विभिन्न आलोचनाबीच पृथ्वी जयन्ती मनाउन कहिल्यै पछि परेन’, कार्यक्रम संयोजक भरत क्षेत्रीले भने, ‘इतिहास कसैले बंग्याउन मिल्दैन । नेपाल एकीकरणका सूत्रधार पृथ्बी नारायण शाहको योगदानलाई केही दलका नेताले बिर्सेपनि राष्ट्र निर्माता सबै नेपालीको मन मस्तिष्कमा छन् ।’
शाहले विभिन्न भूभाग एकीकरण गरि आधुनिक नेपाल निर्माण गरेको इतिहास छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते