
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सहभागी भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत शीर्ष नेताहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ३ पुस – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा गठन सम्बन्धमा अनावश्यक विवाद निकालिएको भन्दै त्यसको राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले संविधान, कानूनअनुसार राष्ट्रिय सभा गठन हुनुपर्ने भन्दै अनावश्यक रुपमा राजनीति गर्न खोजिएको भन्दै जनादेशको सम्मान गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्न आग्रह गरेको हो ।
‘राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्षनेता बसेर सहमति खोज्नुपर्नेमा जोड दिएका छौं । त्यसैअनुसार अघि बढ्छौँ’, बैठकपछि प्रवक्ता पम्फा भुसालले भन्नुभयो ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ ।
बैठकले वाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको ठहर गरेको छ । बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन ।’ समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशतभन्दा बढी स्थानमा पार्टीको उम्मेदवार नहुनु र उक्त निर्वाचन प्रणालीका बारेमा व्यवस्थित प्रचार नहुनु पनि मुख्य कारण रहेको ठहर गरेको छ ।
बैठकमा नेताहरुले नेकपा (एमाले) सँगको एकता प्रक्रियाका बारेमा धारणा राख्दै सैद्धान्तिक र सांगठनिक विषयमा स्पष्टताको आवश्यकतामा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने