लण्डन – बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतको यूरोपेली महासङ्घ (इयू) बाट हुने बहिर्गमनमा बेलायत कस्तो व्यापारिक नीतिकासाथ अघि बढ्ने भन्ने बिषयमा आफ्नो मन्त्रीमण्डलका वरिष्ठ मन्त्रीहरूसँग छलफल शुरु गर्नुभएको छ ।
प्रधानमन्त्री मेले सोमबार ब्रेक्जिटका बिषयमा एक शक्तिशाली समितिका सदस्यहरूसँग आगामी दिनमा बेलायतको इयूसँगको सम्बन्ध कस्तो रहने भन्नेबारे छलफल गर्नु भएको हो । छलफल इयूको व्यापार नियमलाई पालना गरी इयू समूह राष्ट्रसँग निकट सम्बन्ध राखेर अघि बढ्ने कि यसभन्दा लचकता खोज्न बेलायतले विश्वसँग आफ्नै प्रकारको व्यापार सम्झौता गरेर अघि बढ्ने भन्ने बिषयमा केन्द्रित भएको बताइएको छ ।
प्रधानमन्त्री सोमबार नै संसदबाटै बेलायतले इयूबाट सन् २०१९ को मार्चमा छुट्टिएपछिको दुई बर्षे सङ्क्रमणकालका लागि खाका तयार गर्ने छलफलमा सहभागी हुनुभयो । सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री मेले सङ्क्रमणकालमा यूरोपेली बजारबारे बेलायतले वर्तमान् नीतिलाई नै निरन्तरता दिने विचार प्रस्तुत गर्नु भएको थियो ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक