लण्डन – बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतको यूरोपेली महासङ्घ (इयू) बाट हुने बहिर्गमनमा बेलायत कस्तो व्यापारिक नीतिकासाथ अघि बढ्ने भन्ने बिषयमा आफ्नो मन्त्रीमण्डलका वरिष्ठ मन्त्रीहरूसँग छलफल शुरु गर्नुभएको छ ।
प्रधानमन्त्री मेले सोमबार ब्रेक्जिटका बिषयमा एक शक्तिशाली समितिका सदस्यहरूसँग आगामी दिनमा बेलायतको इयूसँगको सम्बन्ध कस्तो रहने भन्नेबारे छलफल गर्नु भएको हो । छलफल इयूको व्यापार नियमलाई पालना गरी इयू समूह राष्ट्रसँग निकट सम्बन्ध राखेर अघि बढ्ने कि यसभन्दा लचकता खोज्न बेलायतले विश्वसँग आफ्नै प्रकारको व्यापार सम्झौता गरेर अघि बढ्ने भन्ने बिषयमा केन्द्रित भएको बताइएको छ ।
प्रधानमन्त्री सोमबार नै संसदबाटै बेलायतले इयूबाट सन् २०१९ को मार्चमा छुट्टिएपछिको दुई बर्षे सङ्क्रमणकालका लागि खाका तयार गर्ने छलफलमा सहभागी हुनुभयो । सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री मेले सङ्क्रमणकालमा यूरोपेली बजारबारे बेलायतले वर्तमान् नीतिलाई नै निरन्तरता दिने विचार प्रस्तुत गर्नु भएको थियो ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित