
लण्डन – राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकूमारी डायनाको मृत्यु भएको बीसौं बर्षदिनको सम्झनामा उहाँको प्रतिमा (सालिक) निर्माण गर्ने योजना अनुसार आइतबार कुशल मूर्तिकारको चयन गर्नुभएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ ।
उहाँको सालिक केसिङ्टन दरबार परिसरमा राखिने छ । केसिङ्टन स्वर्गीय डायनाको बासस्थान हो । राजकूमारद्वयले आइतबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘सालिकको निर्माण ‘स्वर्गीय माता डायनाको सम्मानमा निर्माण गरिने उचित एवम् स्थायी’ उपहार भएको र यसले उहाँको जीवन र विरासतको स्मरण गराइरहने छ ।’
स्वर्गीय राजकूमारी डायनाको सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा