
प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट विजयी हुनु भएका वाम गठबन्धन तर्फका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । तस्वीर – नारायणी रजौरे, रासस, दाङ
तुलसीपुर, दाङ, २३ मंसिर – उपप्रधानमन्त्री (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट भर्खरै निर्वाचित हुनुभएका कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताउनुभएको छ ।
निर्वाचित भएलगत्तै रासससँग संक्षिप्त कुरा गर्दै महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताउनुभयो । उहाँले सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लाग्ने बताउनुभयो ।
दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन आफूले पहल गर्ने पनि बताउनुभयो । उहाँले यही सरकारबाट ५ नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नेछौँ भन्नुभयो ।
नेता महराले निर्वाचित भइसकेपछि आफू सबैको साझा प्रतिनिधि रहेको र मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्नेछु भन्नुभयो ।
उहाँले उहाँले निर्वाचनमा विजयी हुनु र विजयी हुन नसक्नु स्वभाविक प्र्रकिया रहेको बताउँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारलाई धन्यवाद दिनुभएको छ । उहाँले निर्वाचनमा सहयोग गर्ने आम मतदातालाई पनि धन्यवाद दिनुभएको छ ।
महरालाई भोलि बिहान निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।
ललितपुर क्षेत्र नं १ मा पूर्व प्रहरी महानिरिक्षक सिलवाल विजयी
ललितपुर, २३ मंसिर -ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले २० हजार ७२९ मत पाउनुभएको छ । यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो ।
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?