
ललितपुर–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयीपछि विजयी उत्सवमा सहभागी हुँदै । तस्बिर – नवीन पौडेल, रासस
विराटनगर, २३ मंसिर – मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सोअनुरुप मोरङ–६ बाट नेकपा(एमाले)का लालबाबु पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
रसुवामा काँग्रेसका आचार्य विजयी
रसुवा, २३ मंसिर – प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । राति ३ बजे सार्वजनिक अन्तिम मत परिणामअनुसार आचार्यले १४ हजार ४५३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का जनार्दन ढकालले १० हजार २७८ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो ।
यसअघि शुक्रबार प्रदेश कमा नेपाली काँग्रेसका प्रभात लामा छ हजार ९७६ मत ल्याई विजयी भइसक्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कन्र्याल तामाङले पाँच हजार १५२ मत ल्याउनुभएको छ ।
त्यस्तै प्रदेश खमा नयाँ शक्ति नेपालका प्रेमबहादुर तामाङ सात हजार ४० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी) केन्द्रका इन्द्रप्रसाद गोतामेले पाँच हजार ६९२ मत ल्याउनुभएको छ ।
लपु–२ मा एमालेका महर्जन विजयी
ललितपुर, २३ मङ्सिर- प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा(एमाले)का कृष्णलाल महर्जन विजयी हुनुभएको छ ।
उहाँले २७ हजार ७१३ र उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याउनुभएको छ । कृष्णलाल यसअघि विसं २०५६ को आमनिर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले निर्वाचनको अन्तिम परिणाम सुनाउँदै कृष्णलाललाई विजयी भएको घोषणा गर्नुभएको हो ।
बैतडी प्रदेशसभाका दुवैमा वाम गठबन्धन विजयी

बैतडीमा प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा एमालेका दामोदर भण्डारी, प्रदेशसभा क का माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेशसभा ख का नेकपा एमालेका लिलाधर भट्ट । तस्बिर – विनोदसिंह विष्ट, बैतडी, रासस
बैतडी, २३ मंसिर – प्रदेशसभातर्फको मत परिणाम सार्वजनिक भएको छ ।
गए राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार बैतडी प्रदेशसभा क्षेत्र क मा नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट तथा प्रदेशसभा (ख) मा नेकपा (एमाले)का लीलाधर भट्ट विजयी हुनुभएको छ ।
प्रदेशसभा (क) मा माओवादी केन्द्रका भट्टले १८ हजार ९३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गर्नुभएको छ । अठ्तीस हजार १८ मत खसेको सो प्रदेशमा तीन हजार १३६ मत बदर भएका थिए ।
यस्तै प्रदेशसभा क्षेत्र (ख) मा एमालेका भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गर्नुभएको छ । अठ्तीस् हजार १५५ मत खसेको प्रदेशसभा ख मा दुई हजार ५९० मत बदर गएको थियो ।
बैतडीमा अहिले प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो प्राप्त मत परिणामअनुसार एमालेका दामोदर भण्डारी ३० हजार ११८ मत प्राप्त गरी अग्र स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका नरबहादुर चन्दले १९ हजार ९२२ मत प्राप्त गरी उहाँलाई पछ्याइरहनुभएको छ ।
पहिलो चरणअन्तर्गत बैतडीमा यही मंसिर १० गते सम्पन्न भएको हो । एक लाख ३२ हजार ३१९ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए ।
धादिङ–१ मा वाम गठबन्धन विजयी
मलेखु, धादिङ, २३ मंसिर- प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका भूमि त्रिपाठी विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत योगनाथ ढकालका अनुसार नेकपा(एमाले) का त्रिपाठीले ४९ हजार १२१ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याउनुभएको छ । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो ।
प्रदेशसभामा सबै वामपन्थी
प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा (क)मा वाम गठबन्धनका डा रामकुमार अधिकारीले विजय हासिल गर्नुभएको छ । डा अधिकारीले २० हजार ३६३ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत प्राप्त गर्नुभएको छ । एकसठ्ठी हजार ११८ मतदाता रहेको सो प्रदेशसभामा ४१ हजार ३४३ मत खसेको थियो ।
प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी हुनुभएको छ । उहाँ काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी हुनुभएको हो । पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो ।
यसैगरी सो क्षेत्रको प्रदेशसभा(ख)मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याउनुभएको छ । बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए ।
प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार प्रदेशसभा २ (क)मा जगत सिंखडाले १७ हजार ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङले १५हजार ७७४ मत ल्याउनुभएको छ । चौवन्न हजार २३७ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ६०७ जनाले मतदान गरेका थिए ।
प्रदेश ‘ख’ मा पृथ्वीसुब्बा गुरुङ विजयी
बेँसीशहर, लमजुङ, २३ मसिर – लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ ।
नेकपा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुखसमेत रहुनुभएका गुरुङले २३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गर्नुभयो ।
दार्चुलामा वाम गठबन्धन विजयी
दार्चुला, २३ मंसिर – प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।
प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको दार्चुलामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुंवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ बदर मत भएका छन् ।
त्यसैगरी प्रदेशसभाको दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बुसिंह बोहरा र (ख) क्षेत्रमा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का मानबहादुर धामीले अग्रता लिनुभएको छ ।
डोल्पामा वाम गठबन्धनको पूरै विजय
दुनै, डोल्पा, २३ मंसिर – डोल्पामा वाम गठबन्धनले पूरै स्थान हात पारेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याउनुभएको छ ।
त्यसैगरी प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याउनुभएको छ ।
त्यसैगरी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का वीरबहादुर शाही छ हजार ४१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याउनुभएको छ ।
सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी
चौतारा, २३ मंसिर – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं २ मा एमालेका शेरबहादुर तामाङ ३८ हजार ४०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा(प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ३० हजार ३६९ मत ल्याउनुभएको छ ।
कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी
कालीकोट, २३ मंसिर – एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रदेशसभा(ख)मा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तर्फको मतगणनानुसार माओवादी केन्द्रका दुर्गबहादुर रावतले १४ हजार ३८ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका भूपेन्द्रजंग शाहीले ११ हजार ४६ मत ल्याई उहाँलाई पछ्याइरहनुभएको छ ।
ओखलढुंगाबाट एमालेका सुनुवार विजयी
काठमाडौँ, २३ मंसिर – ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी हुनुभएको छ ।
नेकपा(एमाले)का सुनुवारका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गर्नुभएको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।
ओखलढुंगामा सुनुवार र खतिवडा दुवै लोकप्रिय नेता भएकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिए पनि मतगणनाको शुरुवाती अग्रता लिनुभएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज सुनुवार विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुनुहुन्छ । विसं २०५३ मा रत्नराज्य क्याम्पस र २०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति निर्वाचित सुनुवारले अनेरास्ववियु अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।
ओखलढुंगामा एमालेको तीन पटक कार्यालय प्रमुख सुनुवार २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा पराजित हुनुभएको थियो । उहाँ विसं २०७० मा करिब तीन हजार ५०० मतान्तरले काँग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर विजयी हुनुभएको थियो । सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् ।
ओखलढुंगा प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङ १८ हजार ९८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) मा भने मतगणना भइरहेको छ ।
मोरङ –१ बाट एमाले विजयी
विराटनगर, २३ मंसिर – मोरङ क्षेत्र नं १बाट नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।
खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको छ ।
मोरङमा अहिलेसम्म तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैमा नेकपा (एमाले) विजयी भएको छ । यसअघि मोरङ क्षेत्र नं ६ बाट लालबाबु पण्डित र क्षेत्र नं ३ बाट भानुभक्त ढकाल विजयी हुनुभएको छ । मोरङका क्षेत्र नं २, ४ र ५ मा मतगणना जारी छ ।
बागलुङ–२ मा माओवादी केन्द्र विजयी
बागलुङ, २३ मंसिर – प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ ।
वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ ।
नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।
बागलुङ–२ मा माओवादी केन्द्र विजयी
बागलुङ, २३ मंसिर – प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ ।
वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ ।
नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।
गुल्मी ः क्षेत्र नं २ प्रदेश ‘क’ मा एमाले
गुल्मी, २३ मंसिर – प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा नेकपा (एमाले) का खड्ग केसी विजयी हुनुभएको छ ।
केसीले १६ हजार १६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार ६७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिनुभयो ।
दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
तीनै स्थानमा वाम गठबन्धन विजयी
दार्चुला २३ मंसिर – प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।
प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्लामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुँवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ मत बदर भएका छन् ।
त्यसैगरी प्रदेशसभा (क) मा एमालेका ग्याल्बुसिहं बोहरा १६ हजार ५३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मदन गिरीले १२ हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नयाँ शक्ति पार्टी नेपालका नन्दनसिंह महरले १६६, जनसमाजवादी पार्टी नेपालका मनोज दमाईंले २९८, राष्ट्रिय जनमोर्चा पार्टीका मदन दमाईंले ३३ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ५३ मत बदर भएका छन् ।
यसैगरी प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका मानबहादुर धामी विजयी हुनुभएको छ । धामी १२ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीशबहादुर पालले नौ हजार ५७५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै जनसमाजवादी पार्टी नेपालका हरिभानसिंह ठगुन्नाले ५२७, नयाँ शक्ति पार्टी नेपालका बहादुरसिंह ठगुन्नाले ५८ र स्वतन्त्र रघुवीरसिंह ठगुन्नाले १८७ मत प्राप्त गर्नुभएको छ भने ९९३ मत बदर भएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने अझै बाँकी छ ।
ताप्लेजुङमा वाम गठबन्धन विजयी
ताप्लेजुङ, २३ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।
प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र(क) मा एमालेका बलबहादुर चाम्चुहाङ १५ हजार ४१७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लीलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रदेशसभा(ख) मा नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङले सात हजार ५८६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।
दाङ – क्षेत्र नं २ प्रदेश ‘ख’ मा डाँगी विजयी
तुलसीपुर, दाङ, २३ मंसिर – क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का अम्मरबहादुर डाँगी २१ हजार ४५० मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । कूल ५७ हजार १७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ५३१ मत खसेको थियो ।
कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका रावत विजयी
कालीकोट, २३ मंसिर – कालीकोटबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत २१ हजार १११ मत ल्याई विजयी हुनु भएको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) उम्मेदवार कुर्मराज शाही विजयी हुनुभएको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनकै नेकपा (माओवादी केन्द्र)का नेता तथा बिना विभागीयमन्त्री महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।
प्रदेशसभा (क)बाट विजयी उम्मेदवार कुर्मराज शाहीले ११ हजार ९३५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका टेकराज शाहीले चार हजार ७८९ मत ल्याउनुभएको छ । त्यसैगरी प्रदेशसभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)नेता तथा बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फका नेकाका उम्मेदवार कालीबहादुर सहकारीले नौ हजार ३४२ मत ल्याउनुभएको छ ।
जाजरकोट प्रदेशसभा क मा सिंह विजयी
जाजरकोट, २३ मंसिर – जाजरकोट प्रदेशसभा (क) का वाम गठबन्धनका गणेशप्रसाद सिंह १६ हजार ९११ ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेदराज सिंहले १२ हजार ८७८ ल्याउनुभएको छ ।
जाजरकोट क्षेत्र नं (क) मा ३२ हजार ६०६ मत खसेको थियो जहाँ कुल मतदाता ४५ हजार ४७२ थिए । गणेशप्रसादले नेकपा(माओवादी केन्द्र)का जाजरकोटको इञ्चार्ज पदमा रहेर काम गर्दै आउनुभएको छ ।
जुम्लामा वाम गठबन्धनका महत विजयी
जुम्ला, २३ मंसिर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रहेको जुम्लामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का गजेन्द्र महत विजयी हुनुभएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महतले २२ हजार १७३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र शाहीले १४ हजार १४९ मत ल्याउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार ७१८ मत ल्याउनुभएको छ । महत भने २०७० सालको संविधानसभा निर्वाचनमा पराजित हुनुभएको थियो । खसेको कुल मतमध्ये एक हजार ८७ बदर भएको सहायक मतदान अधिकृत इन्द्र खड्काले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ जुम्लामा ४१ हजार ४५६ मत खसेको थियो ।
लपु– ३ मा माओवादी केन्द्र प्रवक्ता पम्फा भुसाल विजयी
ललितपुर, २३ मंसिर – प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी हुनुभएको छ ।
भुसाल २४ हजार ३६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाउनुभएको छ ।
भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी हुनुभएको हो । उहाँ यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनुभएको थियो । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा हुनुभएको पहिलो महिला उम्मेदवार हुनुहुन्छ ।
भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उहाँ तीन पटक मन्त्री भइसक्नुभएको छ ।
बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी
बागलुङ, २३ मंसिर – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गर्नुभएको छ । पाठकले ३३ हजार ६४५ र उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पराजित गर्नुभएको छ । पौडेलले २८ हजार ८२७ र पुनले १९ हजार ९०५ मत लिनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (क) मा पनि एमालेका इन्द्रलाल सापकोटाले जित हासिल गर्नुभएको छ । एमालेका जिल्ला अध्यक्ष सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो ।
सापकोटाले १७ हजार ९१५ र काँग्रेसका थापाले ११ हजार ९८९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनबाट चुनाव लड्नुभएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पूर्वसांसद काँग्रेसका प्रकाश शर्मा पौडेललाई पराजित गर्नुभएको छ । थापाले १५ हजार ६३६ र पौडेलले नौ हजार ९४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रतिनिधिसभा २, प्रदेशसभा (क) मा पनि माओवादी केन्द्रका चन्द्र बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको छ । बुढाले १७ हजार ४१५ र मल्लले ११ हजार ५४६ मत पाउनुभएको छ ।
प्रदेशसभा (ख) मा पनि वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ । घर्तीले ११ हजार ८८४ र उहाँका निकटतम प्रत्याशी काँग्रेसका जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।
जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० को चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यस पालि आफ्नो विरासत जोगाउन सकेन ।
प्रदेशसभा २ (क)ः वाम गठबन्धनका पोखरेल विजयी
तुलसीपुर, दाङ, २३ मंसिर – प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी हुनुभएको छ ।
एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याउनुभएको छ । निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।
सोलुखुम्बु सबैमा वाम गठबन्धन विजयी
सल्लेरी, सोलुखुम्बु, २३ मंसिर – एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहनुभएका नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी हुनुभएको छ । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याउनुभएको छ ।
प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गर्नुभएको हो । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याउनुभएको छ ।
प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई पराजित गर्नुभएको हो । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा २ (क) – वाम गठबन्धनका पोखरेल विजयी
तुलसीपुर, दाङ, २३ मंसिर – प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी हुनुभएको छ ।
एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याउनुभएको छ । निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।
एमालेका वसन्त नेम्बाङ विजयी
पाँचथर, २३ मंसिर- प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी हुनुभएको छ ।
नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गर्नुभएको हो ।
कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए ।
यसैगरी संघीय समाजवादी फोरमका प्रेमराज लावतीले एक हजार ९९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान्का सागर केरुङले एक हजार ५९३, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४१८ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै, नेकपा मालेका दीनानाथ घिमिरेले ८९०, नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २९५ र मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १९४ मत पाउनुभएको छ ।
भोजपुर प्रदेश (ख) मा राई विजयी
भोजपुर, २३ मंसिर २३ – भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी हुनुभएको छ ।
राईले २० हजार ३३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गर्नुभएको हो ।
प्रदेश (ख) मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोलखामा अत्यधिक मतबाट गुरुङ विजयी
काठमाडौँ, २३ मंसिर – दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको छ । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी हुनुभएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईंले २३ हजार ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ, भने काँग्रेसका केशव चौलागाईंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गर्नुभएको छ ।
बाँके क्षेत्र ३ को प्रदेश (क) मा खरेल विजयी
नेपालगन्ज, २३ मंसिर – बाँके जिल्ला क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद खरेल विजयी हुनुभएको छ ।
खरेलले १६ हजार ६७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।
मोरङ – ४ मा मोदी विजयी
विराटनगर, २३ मंसिर – मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ ।
मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गर्नुभयो । अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मोरङ– २ मा काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी
विराटनगर, २३ मंसिर – मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी हुनुभएको छ ।
रिजालले ३५ हजार ८१९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने