लन्डन । सुखी जीवनको चाहना सबैमा हुन्छ । तर, सफल त्यो मात्र हुन्छ जसले सफलता प्राप्तिका लागि पहिले देखिनै योजनावद्ध लक्ष्यको तयारी गरेको हुन्छ र लक्ष्यलाई सफल रुप दिन एक बिज्ञ तथा अनुभवीको साथ चाहिन्छ । यसै विषयलाई केन्द्रमा राखेर भिजन संसारले तयार गरेको ‘ए स्टार फाइनान्सियल सोलुसन्स यूके’ को दोश्रो विज्ञापन सार्वजनिक भएको छ ।
निर्देशक सनम कुमार बैरागले विज्ञापनमा जेशाङ र सुनिता गौतमलाई पहिलो चोटी प्रस्तुत गरेका छन् । जेशाङले केही चलचित्र तथा नाटक ‘समय दृष्य’ मा मुख्य भूमिका निभाइसकेका छन् । उनको यूकेमै निर्माण भएको चलचित्र ‘ब्ल्याक समर’ चांडै आउने क्रममा छ भने सुनिता गौतमले थुप्रै नृत्य र म्यूजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेकी छिन् ।
ए स्टारले केही वर्ष यता बेलायतवासी नेपालीहरुलाई निरन्तर रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु निशुल्क प्रदान गरिरहेको छ ।
कम्पनीले विशेष गरि फानबोरो, लन्डन हयारो, हेज, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन लगायत कयौं स्थानमा बेलायतको फाइनान्सियल अवस्थाबारे जन चेतना कार्यक्रम सञ्चालन गरिसकेको छ जसमा फाइनान्सियल एडभाइजर, टयाक्स एडभाइजर, सोलिसिटर, फ्यूनरल प्लानर, वील राइटरहरुले निशुल्क परामर्श दिएका थिए ।
हेर्नुहोस् भिडियो-
https://www.youtube.com/watch?v=qIeKFG_hTHM&t=
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट