
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले नेपाली भाषा कक्षा सञ्चालन
गर्ने भएको छ । २ डिसेम्बर २०१७ शनिबार संस्थाका अध्यक्ष हरि गोविन्द गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी जनवरी २०१८ पहिलो हप्ताबाट नेपाली भाषा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाली भाषा कक्षा
सञ्चालनका लागि संस्थाका कार्यसमिति सदस्यहरु कुमार जोशी र राज कटुवाललाई संयोजक चयन गरिएको छ । कक्षामा नेपाली भाषाका साथै नेपाली कला,
संस्कृति सम्बन्धि जानकारी पनि दिइने सोसाइटीले जनाएको छ ।
त्यस्तै बैठकले रोयल बरो अफ ग्रीनवीच काउन्सिलसंग समन्वय गर्न
संस्थाका सल्लाहकार अर्क राज तिमिल्सिनालाई जिम्मा दिएको छ ।
यस बरोमा रहेका नेपाली युवालाई खेलकुदतर्फ अभिप्रेरित गर्ने उद्देश्यले भलिबल लगायत विभिन्न खेलकुद सञ्चालनार्थ आवश्यक पर्ने पूर्वाधारका लागि काउन्सिलमा पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले आगामी २९ डिसेम्बर शुक्रबार क्रिसमस र नयां वर्ष २०१८ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गर्दै उक्त कार्यक्रमको जिम्मा संस्थाका सचिव जीवन सेनलाई दिएको छ ।
संस्थाका महासचिव जित रानाभाटले सञ्चालन गरेको बैठकमा संस्थाका बरिष्ठ सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, सहदेव गिरी, अर्क राज तिमिल्सिना लगायत कार्यसमितिका अधिकांश सदस्यहरुको उपस्थिति थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित