
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले नेपाली भाषा कक्षा सञ्चालन
गर्ने भएको छ । २ डिसेम्बर २०१७ शनिबार संस्थाका अध्यक्ष हरि गोविन्द गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी जनवरी २०१८ पहिलो हप्ताबाट नेपाली भाषा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाली भाषा कक्षा
सञ्चालनका लागि संस्थाका कार्यसमिति सदस्यहरु कुमार जोशी र राज कटुवाललाई संयोजक चयन गरिएको छ । कक्षामा नेपाली भाषाका साथै नेपाली कला,
संस्कृति सम्बन्धि जानकारी पनि दिइने सोसाइटीले जनाएको छ ।
त्यस्तै बैठकले रोयल बरो अफ ग्रीनवीच काउन्सिलसंग समन्वय गर्न
संस्थाका सल्लाहकार अर्क राज तिमिल्सिनालाई जिम्मा दिएको छ ।
यस बरोमा रहेका नेपाली युवालाई खेलकुदतर्फ अभिप्रेरित गर्ने उद्देश्यले भलिबल लगायत विभिन्न खेलकुद सञ्चालनार्थ आवश्यक पर्ने पूर्वाधारका लागि काउन्सिलमा पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले आगामी २९ डिसेम्बर शुक्रबार क्रिसमस र नयां वर्ष २०१८ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गर्दै उक्त कार्यक्रमको जिम्मा संस्थाका सचिव जीवन सेनलाई दिएको छ ।
संस्थाका महासचिव जित रानाभाटले सञ्चालन गरेको बैठकमा संस्थाका बरिष्ठ सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, सहदेव गिरी, अर्क राज तिमिल्सिना लगायत कार्यसमितिका अधिकांश सदस्यहरुको उपस्थिति थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन