लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा बेलायतका नेपालीले पनि उत्साहपूर्ण रुपमा लगानी गरेका छन् । यसमा लगानीको समयसीमा (डेडलाइन) दुई दिनमात्र बांकी रहंदा बेलायतबाट दोश्रो चरणमा तीन सय भन्दा बढीले लगानी गरेको सगुनका सल्लाहकार सूर्य गुरुङले जानकारी दिए । यो बढ्ने क्रम जारी छ ।
यसअघि पहिलो चरणमा पनि बेलायतका करिब तीनसय नेपालीले लगानी गरेका थिए । मिनी आइपीओ अन्तर्गत लगानी गर्न नोभेम्बर ३० राती ११.५९ सम्म मात्र डेडलाइन रहेको अवगत गराउंदै सल्लाहकार गुरुङले भने, ‘सगुनको लगानीरुपी रेल छुट्नै लागेको छ । गन्तव्य तय गर्न अब ढिलाइ नगर्न मेरो सुझाव छ । छुटे पछि रेल फेरि तत्काल फर्केर आउंदैन ।’ अन्तिम समयतिर बेलायतका नेपालीमा झन् उत्साह थपिएको उनले बताए । उनले दोश्रो चरण खुल्ला भएपछि लगानी गर्ने नेपालीमा दक्षिण कोरियापछि बेलायत दोश्रो स्थानमा रहेको समेत जनाए ।
पहिलो र दोश्रो चरण गरि समग्रमा धेरै लगानी गर्ने पहिलो दक्षिण कोरियाका नेपाली, दोश्रो अमेरिका, तेश्रो बेलायत, चौंथो अष्ट्रेलिया, पांचौं जापान र युएई छैटौं स्थानमा रहेको बताइएको छ ।
‘विश्वभरका नेपालीको प्रतिष्ठासंग जोडिएको छ सगुन । केही जुझारु नेपालीले आंट, हिम्मत जुटाएर विश्व बजारमा उत्रन खोज्दा हामी सबैले निसंकोच साथ दिनुपर्छ’, गुरुङले भने, ‘हरेक व्यवसायमा सफलता र मुनाफामात्र हुंदैन । कतिपय ठाउंमा इज्जत र पहिचानको पनि कुरा हुने रहेछ । सगुन सफल भयो भने नेपाल र समस्त नेपालीकै पहिचान बढ्ने हो ।’
सगुनमा नेपालबाट लगानी गर्न कानुनले नदिएपनि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीले लगानी गर्न सक्नेछन् । न्यूनतम लगानी एक हजार डलर छ र अनलाइनमार्फत ५ मिनेटभित्रै क्रेडिट तथा डेबिट कार्ड प्रयोग गरि लगानी गर्न सकिने सगुनले जनाएको छ । तर, भारत र अष्ट्रेलियामा बस्नेले क्रेडिट कार्डबाट लगानी गर्न मिल्दैन । फाराम भर्न वा लगानी रकम पठाउने विषय लगायत अन्य कुनै जिज्ञासा भए सगुनको पेजमा उपलब्ध हेल्प सेन्टरबाट २४ सै घण्टा अंग्रेजी, नेपाली र हिन्दी भाषामा सहयोग लिन सकिने सगुनले जनाएको छ ।
अमेरिकी सरकारको सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनबाट मिनी आइपीओको स्वीकृति प्राप्त गरेर सर्वसाधारणमा स्वामित्व शेयर बिक्री गर्ने सोसियल मिडियासंग सम्वन्धित पहिलो स्टार्ट अप कम्पनी हो सगुन । सगुनका अहिले ११ लाख प्रयोगकर्ता छन् । तीनहजार बढि लगानीकर्ताबाट ३.८ मिलियन डलर संकलन भइसकेको छ र लगानी आउने क्रम जारी छ ।
सगुनले ‘एन्ड्रोइड एप’ पनि छिट्टै ल्याउने तयारी गरेको छ । यस अलवा सन् २०१८ भित्र ल्याइने सोसियल स्मार्ट कार्डले सामाजिक सञ्जाल र सोसियल कमर्सको क्षेत्रमा नयां आयाम थपिने विश्वास सगुनका संस्थापक गोविन्द गिरीमा छ । गिरी अहिले विश्वभरका उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन ‘ग्लोबल इन्टरप्रिनरसीप समिट २०१७’ मा भाग लिन भारतको हाइडराबादमा छन् । २८ देखि ३० नोभेम्बरसम्म चल्ने उक्त सम्मेलनमा औपचारिक सहभागिताको अवसर पाएको सगुनले त्यहांबाट थप जनविश्वास जित्ने आशा गरिएको छ ।
सगुनमा लगानी गर्न- https://www.sagoon.com/invest
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता