
लन्डन । बेलायती राजकुमार हयारीले आफ्नी गर्लफ्रेण्ड अमेरिकी नायिका मेगन मर्केलसंग बिहे गर्ने पक्का भएको छ । सन् २०१८ को वसन्त ऋतुमा दुई बीच बिवाह गर्ने तय भएको क्लेरेन्स हाउसले सोमबार औपचारिक जानकारी दिएको हो ।
बिवाहको विस्तृत विवरण पछि सार्वजनिक गर्ने बताइएको छ । राजकुमार ह्यारीले मर्केलसँग मगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । हयारीले महारानी तथा अन्य निकट राजपरिवार सदस्यहरुलाई समेत जानकारी गराएको उल्लेख छ । एक विज्ञप्तिमा हयारीले विवाह पक्का भएकोबारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मर्केलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।
३३ वर्षीय हयारी विगत १६ महिनादेखि आफूभन्दा जेठी ३६ वर्षीया मेगनसंग लभ अफेयर्समा थिए । बिवाहपछि उनीहरु केन्जिङटन प्यालेसको नटिङहाम कटेजमा बस्ने छन् । राजकुमार हयारीले बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्ने छन् ।
हयारीको नेपाल र विशेषगरि ब्रिटिश गोर्खासंग आत्मिय सम्वन्ध छ । भूकम्पपछि भएको हयारीको नेपाल भ्रमणले पर्यटन प्रवर्धन र बेलायत नेपालबीच दौत्य सम्बन्ध अझ मजवुत भएको विश्वास गरिन्छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित