
लन्डन । बेलायतस्थित नेपाली समुदायका अगुवाहरुले गत बिहीबार बेलायती संसद भवनको अवलोकन भ्रमण गरेका छन् । नेपाली समुदायका विभिन्न संस्थाको प्रतिनिधित्व गर्ने करिब २० जना अगुवाले प्रजातन्त्रको जननी पनि भनिने बेलायतको संसद भवन (वेष्टमिनिस्टर प्यालेस) गएर
यहांको संसदीय प्रणाली र अभ्यासबारे जानकारी लिए ।
तमुधिं यूकेका सल्लाहकार एकेन्द्र गुरुङको पहल र यूके नेपाल फ्रेण्डसीप सोसाइटीका एलान मर्सेल सान्काको मध्यस्ततामा भएको उक्त भ्रमणमा सहभागी प्रतिनिधिमण्डलले हाउस अफ कमन्स र हाउस अफ लर्डसको अवलोकन भ्रमण गर्नुका साथै सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासंग विभिन्न जिज्ञासा राखे ।
सहभागीले संसदीय वहसका लागि प्रमुख मुद्दाहरु कसरी लगिन्छ देखि भूपू गोर्खा मुद्दाबारे समेत चासो व्यक्त गरेका थिए । संसदको शिक्षा विभागमा प्रिजेन्टेसन र प्रश्नोत्तर पनि भएको थियो ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित ब्रिटिश इथ्नीक माइनोरिटीबाट भएको यस खालको संसद भवन भ्रमण सम्भवत पहिलो भएको यूके नेपाल फ्रेण्डसीप सोसाइटीका एलान मर्सेल सान्काको भनाइ छ । भ्रमणपछि बेलायतको संसदीय अभ्यास नजिकबाट नियाली केही ज्ञान सिकिएको भन्दै सहभागीले खुशी व्यक्त गरेका छन् ।
तस्विर सौजन्य- मिलन तमु
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ