लन्डन । ‘मिस यूके नेपाल २०१७’ टिमले शनिबार लन्डनमा एक च्यारिटी इभेन्ट गरेको छ । नर्थहोल्ट पार्क सोसियल क्लवमा ‘ब्युटी वीथ अ परपोज’ नामक च्यारिटी कार्यक्रम भएको हो । इभेन्टस एण्ड आइडियाज प्रोडक्सनले वर्षेनी आयोजना गर्ने मिस यूके नेपाल समूहले वार्षिक रुपमा एउटा च्यारिटी गर्ने परम्परा अनुरुप यो ६ औं पटक हो । कार्यक्रममा ‘मिस यूके नेपाल २०१७’ का आठै जना प्रतिष्पर्धी सहभागी थिए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त च्यारिटीमा मिस यूके नेपाल २०१७ सिर्जना गुरुङले सहयोगदाता सबैप्रति आभार व्यक्त गर्दै नेपालमा दृष्टिविहीनहरुका लागि कार्यरत संस्था ‘ब्लाइन्ड रक्स’ को सहयोगार्थ च्यारिटी कार्यक्रम गरिएको जनाइन् । उनले आफू छिट्टै नेपाल गएर संकलित रकम २५०० पाउण्ड (करिब साढे तीन लाख रुपैयां) संस्थालाई हस्तान्तरण गर्ने पनि बताएकी छन् ।
मन्तव्यका क्रममा प्रमुख अतिथी राजदूत डा. सुवेदीले ‘मिस यूके नेपाल २०१७’ टिमको च्यारिटी कार्यको प्रशंसा गर्दै कुनै राम्रो उद्देश्यका लागि नवप्रतिभाहरुले च्यारिटी गर्नु सराहनीय भएको बताए । राजदूतले समाज र देश निर्माणमा युवाहरुको भूमिका उल्लेख्य हुने पनि बताए ।
कार्यक्रममा एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले पनि बोलेका थिए ।
युवा युवतीको बाहुल्य रहेको उक्त कार्यक्रममा फेशन शो, विभिन्न नृत्य, गायन र राफल ड्र पनि राखिएको थियो ।
उक्त अवसरमा आयोजकले कलाकार, प्रायोजक र मिडियाकर्मीहरुलाई सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा मिस यूके नेपाल आयोजक संस्था ‘इभेन्टस एण्ड आइडियाज प्रोडक्सन’ की निर्देशक शान्ति गुरुङ, प्रमुख सल्लाहकार नन्दकुमारी गुरुङ, मिस यूके नेपाल २०१२ दुर्गा गुरुङ, तमु प्हे लु संघ यूके र पुन समाज यूके प्रतिनिधि, विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी लगायतको उल्लेख्य सहभागिता थियो ।
तस्विरः शिव भण्डारी
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ