लन्डन । ‘मिस यूके नेपाल २०१७’ टिमले शनिबार लन्डनमा एक च्यारिटी इभेन्ट गरेको छ । नर्थहोल्ट पार्क सोसियल क्लवमा ‘ब्युटी वीथ अ परपोज’ नामक च्यारिटी कार्यक्रम भएको हो । इभेन्टस एण्ड आइडियाज प्रोडक्सनले वर्षेनी आयोजना गर्ने मिस यूके नेपाल समूहले वार्षिक रुपमा एउटा च्यारिटी गर्ने परम्परा अनुरुप यो ६ औं पटक हो । कार्यक्रममा ‘मिस यूके नेपाल २०१७’ का आठै जना प्रतिष्पर्धी सहभागी थिए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त च्यारिटीमा मिस यूके नेपाल २०१७ सिर्जना गुरुङले सहयोगदाता सबैप्रति आभार व्यक्त गर्दै नेपालमा दृष्टिविहीनहरुका लागि कार्यरत संस्था ‘ब्लाइन्ड रक्स’ को सहयोगार्थ च्यारिटी कार्यक्रम गरिएको जनाइन् । उनले आफू छिट्टै नेपाल गएर संकलित रकम २५०० पाउण्ड (करिब साढे तीन लाख रुपैयां) संस्थालाई हस्तान्तरण गर्ने पनि बताएकी छन् ।
मन्तव्यका क्रममा प्रमुख अतिथी राजदूत डा. सुवेदीले ‘मिस यूके नेपाल २०१७’ टिमको च्यारिटी कार्यको प्रशंसा गर्दै कुनै राम्रो उद्देश्यका लागि नवप्रतिभाहरुले च्यारिटी गर्नु सराहनीय भएको बताए । राजदूतले समाज र देश निर्माणमा युवाहरुको भूमिका उल्लेख्य हुने पनि बताए ।
कार्यक्रममा एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले पनि बोलेका थिए ।
युवा युवतीको बाहुल्य रहेको उक्त कार्यक्रममा फेशन शो, विभिन्न नृत्य, गायन र राफल ड्र पनि राखिएको थियो ।
उक्त अवसरमा आयोजकले कलाकार, प्रायोजक र मिडियाकर्मीहरुलाई सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा मिस यूके नेपाल आयोजक संस्था ‘इभेन्टस एण्ड आइडियाज प्रोडक्सन’ की निर्देशक शान्ति गुरुङ, प्रमुख सल्लाहकार नन्दकुमारी गुरुङ, मिस यूके नेपाल २०१२ दुर्गा गुरुङ, तमु प्हे लु संघ यूके र पुन समाज यूके प्रतिनिधि, विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी लगायतको उल्लेख्य सहभागिता थियो ।
तस्विरः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा