लन्डन । लामो समय देखि क्यान्सर रोगबाट पीडित एक जना वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको निधनप्रति बुद्ध फाउण्डेशन यूकेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।
फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठले आइतबार एक शोक वक्तव्य जारी गर्दै बुद्ध फाउन्डेशन यूकेका सल्लाहकार डा. श्रेष्ठको असामयिक निधनपछि संस्था र समग्र नेपाली साहित्य एवं देशले होनहार व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । डा. श्रेष्ठ लुम्बिनी कपिलवस्तु डे अभियानका संस्थापक पनि हुन् । बुद्धका जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यासका लेखक श्रेष्ठ ‘बुद्धको जन्मस्थान नेपाल’ रहेको प्रचार प्रसार गर्ने अभियानमा खुबै समर्पित थिए ।
‘श्रेष्ठ अन्तिम अवस्थासम्म पनि नेपाली साहित्य र मातृभूमिका लागि चिन्तित भइरहनुभयो’, श्रेष्ठले श्रद्धाञ्जलि अर्पण गर्दै भनेका छन्, ‘प्रवासमा रहेर उहांले अभिभावकका रुपमा हामीलाई लगाउनुभएको गुण र योगदान मानसपटलमा सधैं रहिरहनेछ ।’
अक्सिजन साथमा लिएर पनि श्रेष्ठ साहित्यिक गतिविधिमा सरिक भइरहन्थे । उनका नेपाली तथा अंग्रेजीका कयौं कृति प्रकाशित छन् ।
उनलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनको सेन्ट पिटर हस्पिटल भर्ना गरिएको थियो ।
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित