लन्डन । नेपाल आइडल टप ४ सागर आलेको बेलायतमा हुने कार्यक्रमलाई एउटा प्रभावशाली जातीय संस्था मगर संघ यूकेले ‘बहिष्कार’ गर्ने भएको छ । गायक आलेले धोका दिंदै अर्को समूहसंग तालमेल गरि कार्यक्रम गर्न राजी भएपछि संस्थाले त्यस्तो अप्रिय निर्णय लिएको हो । मगर संघको स्थापना दिवस पारेर यूकेमा आलेलाई झिकाइ भव्य कार्यक्रम गर्ने संघ र आलेबीच पूर्व सहमति थियो ।
यसअघि जातीय एकता र सद्भाव देखाउंदै नेपाल आइडल प्रतिष्पर्धाबाट बाहिरिएपछि आलेलाई सान्त्वना स्वरुप मगर संघ यूकेले चन्दा संकलन गरि करिब ११ लाख रुपैयां हस्तान्तरण गरेको थियो ।
मगर संघ यूकेका सांस्कृतिक सचिव तुलचन्द्र तिलिजाले एक विज्ञप्ति प्रकाशित गर्दै संघका अध्यक्ष नेम थापाले पटक पटक सहकार्यका लागि आग्रह गर्दा समेत आलेले वेवास्ता गरेपछि वाध्य भएर उनको कुनै पनि कार्यक्रममा उपस्थिति नजनाउने निर्णय गरिएको विज्ञप्तिमा स्पष्ट पारेका छन् ।
आलेको कार्यक्रम प्रभावित हुने आशंका
बेलायतमा ‘सागर धमाका’ नाममा आलेको कार्यक्रम डिसेम्बर १ देखि हुंदैछन् । तर, बेलायतमा करिब दश हजार मगरहरुको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूकेले साथ नदिएपछि आलेको आसन्न कार्यक्रम प्रभावित हुन सक्ने अनुमान छ । त्यसो त नेपाल आइडल विजेताहरु बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, टप सिक्स सुरज थापा, टप ७ प्रमिला राई र टप टेन केन्जल मेहर श्रेष्ठ यसअघि नै बेलायतमा कार्यक्रम गरेर फर्किसकेका छन् । टप थ्री विजेताले भव्य कार्यक्रम गरिसकेको अवस्थामा आलेको शोले कति दर्शक तान्ला हेर्न बांकी नै छ । आलेलाई शारदा गुरुङ लगायतले बेलायत झिकाएर कार्यक्रम गर्न लागेका हुन् ।
संघको विज्ञप्ति-
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन