लन्डन । वकिंग निवासी एक जना सफल व्यवसायी तथा समाजसेवी सुनिल खड्काले स्थानीय एक प्राथमिक विद्यालयमा बालबालिकाको ‘आउटडोर प्ले ग्राउण्ड’ निर्माणका लागि एक हजार १७ पाउण्ड सैंतिस पेन्स चन्दा प्रदान गरेका छन् । खड्काले मंगलबार परफर्ड वेष्टबाइ फ्लीटमा अवस्थित परफर्ड चर्च अफ इंग्ल्याण्ड प्राइमरी स्कुललाई उक्त सहयोग प्रदान गरेका हुन् ।
खड्का र उनकी धर्मपत्नि सुलोचना खड्काले उक्त विद्यालयकी प्रिन्सिपल क्याथ्रीन क्रिनिक्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
चेक प्राप्त गरेपछि हेड टिचर क्याथ्रीनले खड्का दम्पत्तिलाई धन्यवाद दिंदै सहयोग रकम उचित शीर्षकमा खर्च गरिने बताइन् ।
विगत १८ वर्षदेखि बेलायत बस्दै आएका चितवनका खड्का एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध छन् । खड्काले विगतमा पनि सामाजिक कार्यमा कयौं पटक व्यक्तिगत तथा संस्थागत सहयोग गरेका थिए ।
वकिंगमा विगत ७ वर्षदेखि ‘न्यू हवेली’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खड्काले यसअघि चितवन एड ट्रष्ट (क्याट यूके) मार्फत चितवनमा ‘आइ ब्यांक’ स्थापनाका लागि एक लाख ११ हजार एकसय ११ रुपैयां प्रदान गरेका थिए । खड्का क्याट यूकेका सल्लाहकार एवं पूर्व उपाध्यक्ष हुन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]