
लन्डन । बेलायतका ५ शहरमा कन्सर्ट गरेर ‘नेपाल आइडल’ बिजेताहरु सोमबार दिउसो नेपाल फर्किएका छन् । १५ तारिख फर्कने पूर्व निर्धारित कार्यक्रम भएपनि उनीहरु एउटा विज्ञापनमा अभिनय गर्नुपर्ने जरुरी भएपछि आजै नेपाल फर्किएका हुन् ।
नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र ‘होस्ट’ सुशील नेपाल आज फर्किए भने टप ७ प्रमिला राई र मेन्टर गायक बिबेक श्रेष्ठ बुधबार फर्कने कार्यक्रम छ ।
‘नेपाल आइडल लाइभ इन यूके’ कार्यक्रम अल्डरसट, फोकस्टन केन्ट, लन्डन हयारो, रेडिङ र प्लमस्टिडमा भएको थियो । ति कार्यक्रमहरुमा कम्तीमा तीन हजार दर्शक प्रत्यक्ष सहभागी भएको एकजना आयोजक राजाराम गिरीले बताए । ‘समग्रमा कार्यक्रम सोचे भन्दा बढि सफल भयो’, गिरीले भने, ‘झण्डै ५५ हजार बजेटको कार्यक्रम महिना दिनको बीचमा सफल बनाउन ठूलो चुनौति थियो । तर, बेलायतस्थित प्रमुख नेपाली संघसंस्था र मिडियाको साथ पाएर हामी सफल भयौं ।’ गिरीले स्तरिय कार्यक्रम दिन सके दर्शक अभाव नहुने कुरा नेपाल आइडल शोले प्रमाणित गरेको बताउंदै सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
‘हामीले व्यवसायिक भन्दा पनि स्तरिय र पृथक कार्यक्रम दिने उद्देश्य पुरा गरयौं, नेपाल आइडल ब्राण्डलाई बेलायतवासी नेपालीले फेरि स्थापित गरिदिए’, अर्का आयोजक ज्ञाम गुरुङले बताए ।
संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर, पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट भएको थियो । उमेशराज मोक्तान, सपनकुमार राई र दीपक थापाले कार्यक्रमको सह आयोजना गरेका थिए ।
आयोजकले नेपाल आइडल विजेताहरु न्यानो माया र अनेकौं उपहार बोकेर खुशी हुंदै फर्किएको बताएका छन् । कन्सर्टका अवसरमा आफन्तजन र शुभचिन्तकहरुले नेपाल आइडड उत्कृष्टहरुलाई आइफोन, आइप्याड, सुनको औंठी जस्ता उपहार दिएका थिए भने केही संस्थाले बेग्लै कार्यक्रम गरेर नगद समेत प्रदान गरे ।
‘बेलायतको मल्टिपल भिजा पाउनु उनीहरुको करिअरमा पनि महत्वपूर्ण थियो’, गिरीले भने, ‘अब ति नवप्रतिभाहरुलाई अरु देश जान झन् सहज हुने छ ।’
‘नेपाल आइडल लाइभ कार्यक्रम’ मा रेडिङ शो बाहेक अन्यत्र धागो ब्याण्डले लाइभ संगीत दिएको थियो भने साउण्ड सिस्टम हेम बिष्ट र स्क्रिन प्रोजेक्सन कुशल श्रेष्ठले जिम्मा लिएका थिए ।
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै