लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले नेदरल्याण्डसको राजधानी हेगस्थित एक मानवअधिकार अध्ययन – अनुसन्धान संस्थाको उद्घाटन गरेका छन् ।
नेदरल्याण्डसको आठवटा प्रमुख र प्रतिष्ठित विश्वविद्यालयको संयुक्त आयोजनामा स्थापना भएको मानवअधिकार अध्ययन तथा अनुसन्धान संस्थाको गत शुक्रबार एक भव्य समारोहबीच सुवेदीले उद्घाटन गरेका हुन् ।
सुवेदी मुख्य अतिथि वक्ताको रुपमा थिए । आफ्नो मन्तव्यका क्रममा सुवेदीले संसारमा अहिलेको मानवअधिकार संरक्षण र सम्वर्धनको स्थिति तथा संयुक्त राष्ट्रसंघको तत्वाधानमा हुनुपर्ने सुधारहरुबारे आफ्ना विचार राखेका थिए ।
कुनै मन्त्री वा नेताको सट्टा अन्तर्राष्ट्रिय क्षेत्रमा लब्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका विद्वानद्वारा सो संस्थाको उद्घाटन गराउने निर्णयअनुसार प्रा. सुवेदीलाई आमन्त्रण गरिएको थियो ।
उक्त समारोहमा नेदरल्यान्ड्सका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताहरु, हेगस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरु एवं मानवअधिकार अभियन्ताहरुको उपस्थिति थियो ।
हेगको प्रतिष्ठित आसर इन्स्टिच्यूटमा उक्त नयां संस्थाको स्थापना भएको हो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा