लन्डन । नेपालका चर्चित हांस्यकलाकार जितु नेपाल (मुन्द्रे) ले शुक्रबार सांझ केन्टवासी नेपाली दर्शकलाई आफ्नो कलामार्फत खुबै हंसाए । इलिट इन्टरटेनमेन्ट यूकेले हकिन्ज कम्युनिटी सेन्टर, फोकस्टन केन्टमा गरेको ‘नेपाली सांझ ३’ को पहिलो शोमा मुन्द्रेले नेपालको समसामयिक राजनीतिक बेथितीमाथि कडा प्रहार गरे । उनले आसन्न निर्वाचन जोडेर नेताहरुमाथि तीखो व्यंग्य गरे अनि नेताहरुको क्यारिकेचर गरेर दर्शकलाई हंसाए । ‘स्टयाण्ड अप’ कमेडीमा बेग्लै पहिचान बनाएका जितु अहिले टेलिसिरियल ‘जीरे खुर्सानी’ मा समेत व्यस्त छन् । उनी अभिनित ‘छक्का पन्जा २’ फिल्मले पनि नेपालमा राम्रो व्यापार गरिरहेको छ ।
उक्त कार्यक्रममा जितुसंगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए । केन्जल नेपाल आइडलमा सहभागी हुनु अघि नै एक ब्याण्ड सदस्य थिइन् भने लोक पप गायिका तृष्णाको पछिल्लो समय क्रेज बढ्दैछ । सुरज थापाका बेग्लै फ्यान छन् ।
आयोजकमध्ये एक हेम गुरुङले अहिले धेरै कार्यक्रम जुधेर दर्शक उपस्थिति सोचे जस्तो नभएपनि माहोल तातेको बताए । उनले आज सांझ ग्रीनफोर्ड टाउन हल र भोलि अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे देखि हुने शोमा सहभागी भइदिन सबैमा अपिल गरेका छन् ।
हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा ति कलाकारहरुको ‘नेपाली सांझ- ३’ गरेका हुन् ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने