लन्डन । व्यस्त नायिका प्रियंका कार्की ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शोका लागि लन्डन आउने भएकी छन् । शनिबार सांझ उनी लन्डन आइपुग्ने उक्त फिल्मका प्रस्तुतकर्ता वी पी खनालले जानकारी दिए । प्रियंकाको फिल्ममा लिड रोल छ । व्यस्तताका कारण प्रियंकाको बेलायत बसाइ ज्यादै थोरै छ ।
यही १२ नोभेम्बर आइतबार दिउसो प्रिन्सेस हल, अल्डरसटमा विशेष तामझामका साथ प्रिमियर शो हुंदैछ । लिमोजिनमा उत्रने कलाकारहरुलाई पाइपर ब्याण्ड र दर्शकले स्वागत गर्ने कार्यक्रम छ । बेग्लै कार्यक्रमका लागि बेलायत आएका लोकप्रिय कलाकारहरु धिरेन शाक्य, जितु नेपाल, प्रदीप खड्का, दीया पुन लगायत कलाकारहरुको समेत उक्त शोमा विशेष उपस्थिति हुने खनालले बताए । राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम उद्घाटन गर्नेछन् ।
‘हयाप्पी डेज’ नेपालमा भने माघ १२ देखि प्रदर्शन हुनेछ ।
मिलन चाम्सले निर्देशन गरेको ‘हयाप्पी डेज’ मा बेलायतका नेपाली व्यवसायीहरुको लगानी छ । नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर फिल्मको छायांकन भएको थियो । स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु चलचित्रमा देख्न सकिनेछ । बेलायतमा ९५ प्रतिशत छायांकन गरिएकाले उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको निर्माण पक्षले बताउंदै आएको छ ।
यसको प्रस्तोता वी पी खनाल र निर्माताहरुमा खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् । यो समूहले अब वर्षेनी फिल्म निर्माणलाई निरन्तरता दिने अठोट गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा