लन्डन । व्यस्त नायिका प्रियंका कार्की ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शोका लागि लन्डन आउने भएकी छन् । शनिबार सांझ उनी लन्डन आइपुग्ने उक्त फिल्मका प्रस्तुतकर्ता वी पी खनालले जानकारी दिए । प्रियंकाको फिल्ममा लिड रोल छ । व्यस्तताका कारण प्रियंकाको बेलायत बसाइ ज्यादै थोरै छ ।
यही १२ नोभेम्बर आइतबार दिउसो प्रिन्सेस हल, अल्डरसटमा विशेष तामझामका साथ प्रिमियर शो हुंदैछ । लिमोजिनमा उत्रने कलाकारहरुलाई पाइपर ब्याण्ड र दर्शकले स्वागत गर्ने कार्यक्रम छ । बेग्लै कार्यक्रमका लागि बेलायत आएका लोकप्रिय कलाकारहरु धिरेन शाक्य, जितु नेपाल, प्रदीप खड्का, दीया पुन लगायत कलाकारहरुको समेत उक्त शोमा विशेष उपस्थिति हुने खनालले बताए । राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम उद्घाटन गर्नेछन् ।
‘हयाप्पी डेज’ नेपालमा भने माघ १२ देखि प्रदर्शन हुनेछ ।
मिलन चाम्सले निर्देशन गरेको ‘हयाप्पी डेज’ मा बेलायतका नेपाली व्यवसायीहरुको लगानी छ । नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर फिल्मको छायांकन भएको थियो । स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु चलचित्रमा देख्न सकिनेछ । बेलायतमा ९५ प्रतिशत छायांकन गरिएकाले उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको निर्माण पक्षले बताउंदै आएको छ ।
यसको प्रस्तोता वी पी खनाल र निर्माताहरुमा खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् । यो समूहले अब वर्षेनी फिल्म निर्माणलाई निरन्तरता दिने अठोट गरेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]