लन्डन । बेलायतको सांगीतिक टुरमा रहेका नेपाल आइडल विजेताहरु लन्डनमा सम्मानित भएका छन् । धादिङ नुवाकोट समाज यूकेले मंगलबार एक कार्यक्रमबीच प्रथम नेपाल आइडल बुद्ध लामा, फष्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, टप ७ प्रमिला राई तथा कार्यक्रम सञ्चालक सुशील नेपाललाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष चोक बहादुर तामाङले खादा र नेपाली टोपी पहिराइ उनीहरुलाई सम्मान गरे । कार्यक्रममा संस्थाले सबै प्रतिभालाई नेपाली झण्डा (ब्याच) लगाई नेपालको शिर उच्च राख्नु भन्दा हल स्तब्ध भएको थियो । प्रथम नेपाल आइडल बुद्ध लामा धादिङको अति विकट साबिक लापा गाबिस (हालको रुबी भ्याली गाउंपालिका) मा जन्मेका हुन् ।
अध्यक्ष तामाङले नेपाल आइडल प्रतिभाहरुले नेपाली सांगीतिक आकाशमा थप उज्यालो छरेको जनाउंदै उनीहरुको सांगीतिक यात्राले भविष्यमा अझ शिखर चुमोस् भन्ने कामना गरे । उनले नेपाल र नेपालीको शिर सधैं ठाडो राख्न सफल होस् भन्ने शुभेक्षा दिन कार्यक्रम गरिएको जनाए ।
संस्थाका महासचिव धन बहादुर पाख्रिनले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु रामशरण सिम्खडा, गोपी मान बज्राचार्य, चक्र बहादुर भण्डारी, समाजसेवी चित्र बहादुर गुरुङ, ध्रुब केसी, नेपाल आइडल लाइभ इन यूकेका एकजना आयोजक राजाराम गिरी लगायतको उपस्थिति थियो ।
धादिङ नुवाकोट समाज यूकेले केही समय यता धादिङ र नुवाकोट जिल्लामा मात्र केन्द्रित नभइ तराईका बाढी पीडित, सर्लाहीका द्वन्द्व पीडित अनाथ बालबालिकालाई सहयोग सहित विभिन्न परोपकारी काम गरिरहेको छ ।
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे