सल्लेरी, सोलुखुम्बु, १५ कात्तिक (रासस) – सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो ।
सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो ।
यही कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको छ । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई-दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ ।
टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्नेक्रम जारी रहेको जनाएको छ । तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि आजै उक्त टोली काठमाडौँ फर्किएको छ ।
दुई वर्षसम्म काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिनुभयो । करिब ६० वर्षअघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेपछि पुनः उचाइ नाप्ने काम भएको थिएन । २०७२ को भूकम्पपश्चात सगरमाथाको अवस्था पत्ता लगाउनका लागि पनि उचाइ मापन गर्न लागिएको अधिकृत डंगोलले बताउनुभयो ।
बाह्र वटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जिपिएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ । उचाइ मापनका लागि विभागले सम्पूर्ण खाका तयार पारिसकेको बताइएको छ । प्रारम्भिक चरणको प्रतिवेदन तयार भएपछि सर्वेक्षक, विज्ञसहित अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा थप छलफल हुने र गोष्ठीबाट स्वीकृत भएपछि मात्र उचाइ मापनले मान्यता पाउने छ ।
भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको पुष्टि गरेको थियो । तर, भूकम्पलगायतको कारण सगरमाथाको उचाइ घट्बढ भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालले गर्न लागेको यो सर्वेक्षणबाट उत्पन्न शंका उपशंका हट्नेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा