लन्डन । नेपाल आइडल विजेताहरु बुधबार बिहान लन्डन उत्रिएका छन् । नेपाल आइडल बुद्ध लामासंगै फस्ट रनरअप निसान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राई बेलायत उत्रिएका हुन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।
नेपाल आइडल टिमलाई स्वागत गर्न कार्यक्रम आयोजकहरु राजाराम गिरी, ज्ञाम गुरुङ, उमेशराज मोक्तान, सपनकुमार राई, मन्जु गुरुङ, दीपक थापा लगायत विमानस्थल पुगेका थिए ।
नेपाल आइडल विजेता बुद्ध लामाले हिथ्रो टर्मिनल फोरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै बेलायतका दर्शकलाई फरक सांगीतिक स्वाद पस्कने बताए । उनले रक गीतले दर्शक माहोल तताउने उल्लेख गर्दै बेलायतवासी समस्त नेपालीलाई आफ्नो कार्यक्रममा आइदिन आग्रह गरे । अन्य फाइनलिष्टहरु पनि यहांको कन्सर्टमा सहभागी हुन उत्साहित छन् ।
गायक श्रेष्ठको भूमिका यसपटक ‘मेन्टर’ का रुपमा छ । श्रेष्ठले नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ-कोचिङ गर्ने आफ्नो जिम्मा रहेको बताए ।
नेपाल आइडल विजेताहरुको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।
आयोजकमध्ये एक राजाराम गिरीले कार्यक्रम ऐतिहासिक हुने दावी गर्दै सम्पूर्ण प्राविधिक तयारी पुरा भइसकेको जानकारी दिए ।
संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट हुन लागेको हो । हयारो लिजर सेन्टरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, विसन गुरुङ, मान गुरुङ र निल गुरुङ तथा प्लमस्टेड शो दीपक थापाले आयोजना गर्ने जिम्मेवारी लिएका छन् ।
विमानस्थलमा यस्तो रौनक (भिडियोमा हेर्नुहोस्)
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता