लन्डन । नेपाल आइडल विजेताहरु बुधबार बिहान लन्डन उत्रिएका छन् । नेपाल आइडल बुद्ध लामासंगै फस्ट रनरअप निसान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राई बेलायत उत्रिएका हुन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।
नेपाल आइडल टिमलाई स्वागत गर्न कार्यक्रम आयोजकहरु राजाराम गिरी, ज्ञाम गुरुङ, उमेशराज मोक्तान, सपनकुमार राई, मन्जु गुरुङ, दीपक थापा लगायत विमानस्थल पुगेका थिए ।
नेपाल आइडल विजेता बुद्ध लामाले हिथ्रो टर्मिनल फोरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै बेलायतका दर्शकलाई फरक सांगीतिक स्वाद पस्कने बताए । उनले रक गीतले दर्शक माहोल तताउने उल्लेख गर्दै बेलायतवासी समस्त नेपालीलाई आफ्नो कार्यक्रममा आइदिन आग्रह गरे । अन्य फाइनलिष्टहरु पनि यहांको कन्सर्टमा सहभागी हुन उत्साहित छन् ।
गायक श्रेष्ठको भूमिका यसपटक ‘मेन्टर’ का रुपमा छ । श्रेष्ठले नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ-कोचिङ गर्ने आफ्नो जिम्मा रहेको बताए ।
नेपाल आइडल विजेताहरुको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।
आयोजकमध्ये एक राजाराम गिरीले कार्यक्रम ऐतिहासिक हुने दावी गर्दै सम्पूर्ण प्राविधिक तयारी पुरा भइसकेको जानकारी दिए ।
संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट हुन लागेको हो । हयारो लिजर सेन्टरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, विसन गुरुङ, मान गुरुङ र निल गुरुङ तथा प्लमस्टेड शो दीपक थापाले आयोजना गर्ने जिम्मेवारी लिएका छन् ।
विमानस्थलमा यस्तो रौनक (भिडियोमा हेर्नुहोस्)
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता