लन्डन । नेपालको पहिलो ‘फ्रेन्चाइज’ रियालिटी शो ‘नेपाल आइडल ०१७’ का विजेताहरु यही बुधबार बिहान ८ बजे लन्डन हिथ्रो ओर्लने भएका छन् । नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निसान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईलाई हिथ्रो टर्मिनल फोरमा भव्य स्वागतका लागि आयोजकले तयारी गरिरहेका छन् ।
बेलायतमा नेपाल आइडल विजेताहरुले विभिन्न ५ शहरमा कन्सर्ट गर्ने तयारी छ । नेपाल आइडल विजेताको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ ।
मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले बेलायतमा नेपाल आइडल शो गर्न लागेका हुन् । हयारो लिजर सेन्टरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, विसन गुरुङ, मान गुरुङ र निल गुरुङ तथा प्लमस्टेड शो दीपक थापाले आयोजना गर्ने जिम्मेवारी लिएका छन् । रेडिङ शोमा यूके डान्स अफ २०१६ र ०१७ का विजेताहरु जेनी सुनुवार र जसिता गुरुङसहित स्थानीय समूहको विशेष नाच अतिरिक्त आकर्षण हुने आयोजकले बताएका छन् ।
लाइभ प्रोजेक्सनसहित लाइभ म्यूजिक र भिआइपीलाई बेग्लै सिट प्लान गरेर कार्यक्रम उत्कृष्ट गर्ने दावी आयोजकको छ । कार्यक्रम सञ्चालन नेपाल आइडलकै ‘होस्ट’ सुशील नेपालले गर्नेछन् ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न