लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नयां सैनिक सहचारी (मिलिट्री अट्याची) आउने भएका छन् । हालका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीको तीन वर्ष कार्यकाल सकिनै लागेकाले केसीको ठाउंमा कर्णेल कुमार थापा आउन लागेको दूतावास श्रोतले जनाएको छ । ‘उहांको भ्रमणको आइटिनरी आइसकेको छैन् तर नोभेम्बर दोश्रो सातादेखि नयां सैनिक सहचारीले दूतावासमा कार्यभार सम्हाल्ने सम्भावना छ’, श्रोतले भन्यो ।
दूतावासमा अक्टोबर अन्तिममा केसीको विदाइ कार्यक्रमको तयारी छ ।
सन् १९३४ मा स्थापित लन्डन मिसनमा केसी २३ औं सैनिक सहचारी हुन् । बेलायत नेपालबीच सैनिक सम्वन्ध विस्तार र सहयोग आदानप्रदानमा सैनिक सहचारीको भूमिका प्रमुख रहन्छ ।
कर्णेलको घरमा चोरी
यसैबीच, कर्णेल केसीको घरमा चोरी भएको समाचार छ । क्वीन्सबरीस्थित घरमा कोही नभएको बेला चोरले कम्तीमा दश तोला सुन र नगद चोरेको बताइएको छ । दूतावासले भाडा तिरेर सैनिक सहचारी र परिवारलाई घर उपलव्ध गराएको छ ।
बेलायतको नेपाली समुदाय पछिल्लो समय सुन चोरीबाट आक्रान्त छ । नेपालीको जनसंख्या उल्लेख्य भएको ठाउंमा नेपालीका गरगहनामाथि लुटेराले ‘टार्गेट’ गरेका घट्ना बढ्दै गएका छन् । केही समय अघि हन्स्लोमा नेपालीको करिब २५ लाख रुपैयांको सुन चोरी भएको थियो भने अल्डरसटमा दिनदहाडै दुई युवाले एक वृद्धा महिलाको घांटीबाट ६ तोला सुनको नेक्लेस थुतेर लगेको घट्ना धेरै पुरानो भएको छैन् ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ