लन्डन । लन्डनस्थित सफल व्यापारिक समूह कंडेल ग्रुपको द ब्रिटिश कलेजले एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिएको छ । आठौं विश्व सम्मेलनले नयां नेतृत्व चयन गरे लगत्तै एनआरएनका नवनिर्वाचित अध्यक्ष भवन भट्टसहित अन्य पदाधिकारीलाई कलेजले काठमाण्डौंमा सम्मान गरि बधाइ दिएको हो ।
एक समारोहबीच कलेजका निर्देशकद्वय महेन्द्र कंडेल र नरेन्द्र कंडेलले अध्यक्ष भट्टसंगै उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, कोषाध्यक्ष हिक्मत थापा लगायतलाई खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कंडेलले गैर आवासीय नेपाली संघको नयां नेतृत्वलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए । महेन्द्र कंडेल एनआरएनए यूकेका पूर्व अध्यक्ष हुन् । लामो समयदेखि एनआरएन अभियानमा सक्रिय कंडेलले एनआरएनको दायरा फराकिलो हुनुपर्छ भन्दै आफ्नो पालामा विद्रोह गरि संस्थागत सुधारको प्रयास गरेका थिए ।
सम्मान ग्रहणपछि अध्यक्ष भट्टले ब्रिटिश कलेजलाई धन्यवाद दिंदै बेलायती गुणस्तरको उच्च शिक्षा नेपालमै सञ्चालन गरेकामा कलेजको प्रशंसा गरे । आगामी दिनमा एनआरएनका कयौं प्रोजेक्टमा ब्रिटिश कलेजसंग सहकार्य हुने आशा समेत भट्टले व्यक्त गरे ।
ब्रिटिश कलेजले एनआरएनए यूकेको नयां कार्यसमितिलाई पनि सम्मान गरयो । अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु ललित न्यौपाने, पुनम गुरुङ, शेरबहादुर सुनार र सुशिला राई, उपमहासचिव विनय अधिकारी, सदस्य अर्कराज तिमल्सिना लगायतलाई सम्मान गरिएको हो ।
त्यस्तै बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री केशव भण्डारी, पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष सहदेव गिरी, एकाउण्टेन्ट एलएन पाण्डे लगायतलाई पनि खादा ओढाएर सम्मान गरियो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ