लन्डन । डिजिटल प्रविधिको विकासले नेपालमा लोकबाजा लोपोन्मुख हुंदै गर्दा ति पुराना बाजाको ध्वनी बेलायतमा गुञ्जने भएको छ । दशक अघि स्थापित व्याण्ड
‘कुटुम्ब’ ले बेलायतका विभिन्न शहरमा नेपाली लोक धुन प्रस्तुत गर्ने भएको हो ।
कन्सर्टमा बांसुरी, सारंगी, मादल, तुङ्ना, अरवाजो, झ्याम्टा जस्ता नेपाली बाजाको ध्वनी गुन्जने छ ।
आयोजकमध्ये एक रितेशराज पाण्डेका अनुसार, आठ जुनमा बेलायत उत्रने उक्त व्याण्डले पहिलो शो ११ जुनमा स्कटल्याण्डमा गर्नेछ भने १५ जुनमा म्यानचेष्टर, २१ मा आसफोर्ड, २२ मा अल्डरसट र २९ जुनमा कोपल्याण्ड कम्युनिटी स्कुल वेम्ली, लन्डनमा हुनेछ । ६ बजे सांझ शुरु हुने कन्सर्ट तीन घण्टासम्म चल्नेछ । प्रत्येक कन्सर्ट शुरु हुनु अघि नेपाली लोकबाजाबारे अवगत गराइने पनि आयोजकले जनाएका छन् । यसले अरु व्याण्ड जस्तो गीत नभई संगीतमात्र प्रस्तुत गर्छ ।
सन् २०१२ मा एडिनबरा म्यूजिक फेस्टिवलमा सहभागी हुन आएको उक्त व्याण्डले त्यतिबेला कन्सर्टमार्फत बेलायतको नेपाली समुदायमा राम्रो छाप छोड्न सफल भएको थियो । कन्सर्टमा अरुण मानन्धरले तुङ्ना र अरवाजो, रुवीन श्रेष्ठले बांसुरी, किरण नेपालीले सारंगी र सिद्धार्थ महर्जनले झ्याम्टा बजाउनेछन् भने व्याण्ड म्यानेजर अरुण गुरुङलाई प्रविधि संयोजनको जिम्मा छ । उक्त अवसरमा खाना स्टल, टिसर्ट र सिडी विक्री पनि हुनेछ ।
रेडिङ र प्लमस्टेडमा समेत कार्यक्रम हुने भएपनि ति ठाउंका लागि मिति र हल तय हुन बांकी छ ।
‘विविधतामा एकता’ नारा दिइएको उक्त कन्सर्ट अन्जान बगाले, रितेशराज पाण्डे र अञ्जन बुढाथोकीले आयोजना गर्न लागेका हुन् । बेलायतमा नेपाली समुदाय विभाजन भइरहेका बेला एकताको सन्देश दिन र नेपाली लोकधुन अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न कार्यक्रम परिकल्पना गरिएको आयोजक अन्जान बगालेले जनाए । कुटुम्बले शास्त्रीय संगीतमात्र प्रस्तुत गर्ने भएकाले साउण्ड सिस्टम र
प्राविधिक व्यवस्थापनमा उच्च सतर्कता अपनाइने पनि बगालेले जनाए ।
कन्सर्टमा स्थानीय गायक गायिका श्रेया राई, विजय घिमिरे, प्रीति घिमिरे र सौगात श्रेष्ठले पनि साथ दिनेछन् । यसबाहेक दुईवटा मौलिक नाच समेत देखाइने आयोजकले जनाए । पट्यार लाग्दो भाषण र खादा संस्कृति कार्यक्रममा नहुने आयोजकको प्रतिवद्धता छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ