लन्डन । एउटा ब्रिटिश अदालतले आफ्नै श्रीमतिको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
हाल ब्रिटेनको स्वीन्डनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरि ३७ वर्षीया श्रीमति कामना गुरुङलाई मरणासन्न बनाएका थिए । झन्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्केकी छिन् ।
२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकास लिएका विकासको अन्य महिलासंग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् । उनले २० वर्ष यताको सम्वन्ध विच्छेदका लागि श्रीमानसंग कुरा गर्छु भनेकै दिन उनी माथि श्रीमानले हमला गरेका थिए । कामनाले आफूले नछोडोस् भनेर श्रीमानले उनीप्रति हिंसात्मक व्यवहार गरेको बताएकी छन् ।
ब्रिटेनबाट प्रकाशित हुने डेली मेल समाचारपत्रका अनुसार आफूलाई नराम्रो संग कुटपिट गरेपछि कामनाले आपतकालीन सेवा ९९९ मा फोन गरेकी थिइन् । उनले फोनमा कुरा गरिरहेका बेला विकासले उनी माथि जथाभावी खुकुरी प्रहार गर्न सुरु गरेका थिए र फोनमा रेकर्ड गरिएको उनको चित्कार अदालतमा सुनाइएको थियो । तत्कालै उनको घर पुगेका प्रहरीले कामनालाई रगतको आहालमा भेटेका थिए । त्यसपछि स्वास्थ्यकर्मी आएर उनलाई अस्पताल लगेका थिए । कामनाको शरीरभर घाउ लागेको थियो भने प्रहार रोक्न खोज्दा उनको हात छिया छिया भएको थियो ।
विकासले आवेशमा आएर ज्यानै लिने उद्देश्यले श्रीमतिमाथि
खुकुरी प्रहार गरेको स्वीकारेको समाचारमा उल्लेख छ ।
ब्रिटेनले बसोबास गर्न अनुमति दिएपछि ४० हजार भन्दा बढि भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनका विभिन्न क्षेत्र मा बसोबास गरिरहेका छन् । तर, केहि वर्ष यता घरेलु हिंसाका घट्नाहरु बढि रहेको भनि ब्रिटिश अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । इकान्तिपुर
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा