लन्डन । अध्यागमन प्रणाली दुरुपयोगको निष्कर्षसहित केही वर्ष यता आप्रवासीप्रति कठोर प्रस्तुत भइरहेको बेलायत सरकारले यस श्रृंखला अरु तीव्र पारेको छ ।
प्रधानमन्त्री डेभिड क्यामरुन आफैंले बेलायती अखवार ‘दि टेलिग्राफ’ को मंगलबार संस्करणमा एक आलेख प्रस्तुत गर्दै अध्यागमन कडाइका थप नियम सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
‘हामी नक्कली कलेज बन्द गर्छौ“, बेरोजगार भत्ता काट्छौं अनि विदेशमा रोजगारीको विज्ञापन गर्न प्रतिवन्ध लगाउने छौं’, आक्रोशपूर्ण लेखको आशय यही छ । ब्रिटेनको सुन्दर भविष्य सुरक्षित गर्न वर्तमान गठवन्धन सरकारस“ग दीर्घकालिन आर्थिक योजना रहेका र त्यसका लागि अध्यागमन नियन्त्रण प्रमुख अंश भएको क्यामरुनले स्पष्ट गरेका छन् ।
‘हाम्रो लक्ष्य स्पष्ट छ कि अध्यागमन प्रणालीले ब्रिटेनलाई पहिलो प्राथमिकता दिन्छ, आप्रवासीलाई होइन’, लेखले भनेको छ, ‘अध्यागमन प्रणालीको दुरुपयोगमा कडाइ, सही मानिस उचित कारणले बेलायत आउन् र बेलायती नागरिकले न्यायोचित सुविधा पाउन् भन्नेमा सरकार दृढ छ ।’
नया“ परिवर्तित नियमले इयू नागरिकले बेलायत छिर्ने वित्तिकै बेरोजगार भत्ता दाबी गर्न नपाउने र यसका लागि तीन महिना कुर्नुपर्ने प्रावधान छ भने भत्ता तीन महिनाभन्दा बढी पाउने छैनन् । यस अलावा आवास सुविधा पनि तत्काल नपाइने व्यवस्था लागू हुदैछ । सरकारले विशेषगरी बेलायत आएर केही नगरी सुविधा लिन मात्र खोज्नेलाई निरुत्साहित गरेको छ ।
ब्रिटेनको युवा जनशक्ति बेरोजगार बस्नुपरेको यथार्थ प्रस्तुत गर्दै क्यामरुनले अब कामदार भर्ती गर्ने एजेन्सीलाई युरोपेली युनियन अन्तर्गतका देशबाट सिधै जनशक्ति लिन नपाउने गरी प्रतिबन्ध लगाइने जनाएका छन् । अब त्यस्ता एजेन्सीले बेलायतमा अंग्रेजीमा विज्ञापन गर्न अनिवार्य हुनेछ । युरोपेली मुलुकभित्र विज्ञापन गरिएका ५ लाख रोजगारी रोक्ने प्रतिज्ञा समेत प्रधानमन्त्री क्यामरुनको छ ।
विद्यार्थी भिसाका नाममा भइरहेको दुरुपयोगलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । क्यामरुनले हालसम्म विद्यार्थी भिसा दुरुपयोग गर्ने तथाकथित सात सय ५० निजी नक्कली कलेज बन्द गरिसकिएको उल्लेख गर्दै मंगलबार अर्को कदम चालेको जनाएका छन् । अब वास्तविक विद्यार्थीमात्र बेलायत आउन् भन्ने अभिप्रायले कलेज वा विश्वविद्यालयले भर्ना लिने विद्यार्थीमध्ये दश प्रतिशतको भिसा अस्वीकार भए ती कलेज र विश्वविद्यालयकै लाइसेन्स्् खारेज हुनेछ जसले गर्दा ती शैक्षिक संस्थानलाई असली विद्यार्थीमात्र भर्ना लिन दबाब पर्नेछ ।
गैरकानुनी रुपमा बसिरहेका आप्रवासीमाथि पनि सरकार कठोर कदम चाल्न उद्यत छ । सिमानामा प्रभावकारी नियन्त्रणबाहेक ब्रिटेनभित्र गैरकानुनी बसिरहेका आप्रवासी फर्काउन उसले प्राथमिकता दिएको छ । गैरकानुनी बसिरहे पनि तिनले सवारी चालकको लाइसेन्स, बैंक खाता र फ्ल्याट भाडामा लिइरहेकोप्रति क्यामरुनको आक्रोश छ । यस महिनाको शुरुदेखि हालसम्म तीनहजार एकसय ५० सवारी चालक अनुमतिपत्र रद्द गरिसकिएको उनको लेखमा छ ।
आगामी नोभेम्बरबाट घरबेटीलाई भाडामा बस्न आउनेको आप्रवासन हैसियत परीक्षण गर्न अनिवार्य गराइनेछ भने आगामी डिसेम्बरबाट गैरकानुनी आप्रवासीहरुलाई बैंक खाता खोल्न पनि रोक लगाउने नियम ल्याउने तयारी छ । गैरकानुनी बसोबास गरिरहेको थाहा हुनेबित्तिकै बिना झन्झट स्वदेश फर्काउन सकिने खालको नियम पनि ल्याइने छ । मानव अधिकारसम्बन्धि युरोपेली सभाको धारा ८ (जसले पारिवारिक जीवनको अधिकार सुरक्षित गर्छ) को दुरुपयोग रोक्न पनि बेलायत सरकार कटिवद्ध देखिएको छ । परिवारस“गै बस्न पाउने मानवअधिकारको नाममा भएको दुरुपयोगप्रति सरकार असन्तुष्ट छ । अपराधीका हकमा ‘पहिले स्वदेश फर्क अनि आवश्यक परे पुनरावेदन देऊ’ भन्ने नीति लागू गरिने क्यामरुनले जनाएका छन् ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ