काठमाडौं। प्रहरीले रौटहटको चन्द्रनिगाहपुरमा मंगलबार रकम लुटपाट घटनामा इन्फ्रास्ट्रक्चर बैंककै कर्मचारीको संलग्नता देखिएको बताएको छ । प्रहरीले सो घटनामा संलग्न रहेको भन्दै सोही शाखामा कार्यरत बैंकका एक कर्मचारी पक्राउ गरेको छ।
मंगलबार दिँउसो नजिकै रहेको एसबिआइ बैंकबाट रकम निकालेर फर्किने क्रममा चार जना लुटेराले सुरक्षा गार्डमाथि गोली प्रहार गर्दै २० लाख रुपैया लुटेर भागेका थिए।
नियमित नभै आकस्मिक रुपमा रकम लिन पुगेका बैंक कर्मचारीमाथि लुटपाट भएपछि बैंकको कर्मचारीको मिलमतो हुन सक्नेमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।
तीघ्रामा गोली लागि गार्ड ढलेपछि मास्क लगाएका दुई लुटेराले पैसा भएको ब्याग लिएर भागेका थिए। भाग्दै गरेको लुटेरा मध्य प्रहरीको गोली गम्भीर घाइते अवस्थामा पक्राउ परेका छन्। उनको वीरगञ्जमा उपचार भैरहेको छ । प्रहरीले बैंक लुटपाट सम्बन्धी योजना एक महिनाभन्दा अघि बनेको बताएको छ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ