अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीले विगत वर्षहरुमा जस्तै यसपटक पनि रसमुर बोरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २.५० किलोमिटरको फन रन आयोजना गरेको छ । ८ अक्टोबर २०१७ का दिन ति दौड भएका हुन् ।
यस वर्ष १० के रनतर्फ करिब एकहजार जना र फन रनतर्फ झण्डै ५ सयजनाको सहभागिता गराउने लक्ष्य रहेकामा १० के तर्फ समय भन्दा पहिले नै एक हजार जनाले बुक गरेकाले करिब १०० जनालाई बैकल्पिक लिस्टमा राख्नु परेको थियो भने फन रन तर्फ ५ वर्षका बच्चादेखि ७५ वर्षसम्मका बृद्धवृद्धा गरि ३ सय जनाले भाग लिएका थिए ।
नेपाली र स्थानीय समुदाय एक साथ मिलेर गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा यस वर्ष बच्चा, बृद्धवृद्धा र महिलाहरुलाई मध्यनजर राखी फन रनको समेत आयोजना गरिएको थियो भने फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रसमुर नेपाली कम्युनिटीले वहन गरेको थियो ।
दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण सावित भएका कारण हरेक वर्ष अक्टोबरमा निरन्तर गर्ने गरिएको कम्युनिटीका महासचिव मान गुरुङले बताए । सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ वरिष्ठ उपाध्यक्ष राम धन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, बीर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको थियो भने रसमुर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राडक्लिफ, सेक्रेटरी एण्डी राट्क्लिफ अर्को साझेदारको तर्फबाट सहभागी थिए ।
उक्त इभेन्ट विगत वर्ष भन्दा निकै सफल भएको कम्युनिटीको ठहर छ । कम्युनिटीका अध्यक्ष जीव बेल्बासेले विजेतालाई बधाइ दिंदै कार्यक्रममा सहभागिता जनाएर एवं कुशल संयोजन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले उक्त दौड अन्य कम्युनिटी र नेपाली कम्युनिटीलाई एक ठाउंमा ल्याउन कोशेढुंगा सावित भएको पनि बताए ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न