इश्लामावाद, पाकिस्तान, १७ असोज (रासस-सिन्ह्वा) – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ मङ्गलबार पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुखमा सर्वसम्मत चयन हुनुभएको छ ।
पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयकलाई स्वीकृत गरेको ठीक एक दिन पछि सरीफलाई पार्टी प्रमुख बनाइएको हो ।
सरीफको पार्टीमा प्रमुखका लागि उहाँको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेको पिएमएल–एनले जनाएको छ । पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले सरीफको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि पूर्व प्रधानमन्त्रीलाई नै पार्टी अध्यक्ष भएको घोषणा पिएमएल–एनको सामान्य परिषद् बैठकमा गर्नुभएको हो । बैठकमा उक्त दलका प्रादेशिक तथा राष्ट्रिय सभाका गरी ५०० भन्दा बढी संसद सदस्यको उपस्थिति रहेको थियो ।
पाकिस्तानको निर्वाचन आयोगले सरीफ पिएमएल–एनको अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ ।
सरीफमाथि लागेको भ्रष्टाचार आरोपपछि यही बर्षको जुलाईमा उहाँ प्रधानमन्त्री हुन अयोग्य भएको पाकिस्तानी सर्वोच्च अदालतले घोषणा गरेको थियो । पाकिस्तानको निर्वाचनसम्बन्धि कानून अनुसार राज्यको तत्कालिन कानूनले अयोग्य मानेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान बमोजिम उहाँले पिएमएल–एनको अध्यक्ष पदबाट पनि राजिनामा दिनुभएको थियो ।
तर उक्त प्रावधानलाई पाकिस्तानी राष्ट्रिय सभाले सोमबार संशोधन गरी सरीफलाई दलको प्रमुख बन्ने कानुनी आधार निर्माण गरिदिएको थियो । पछिल्लो संशोधन अनुसार सरकारी सेवामा नरहेको कोही पनि पाकिस्तानी नागरिकले दलको सदस्य वा प्रमुख बन्न पाउने छ ।
यस प्रावधान पास भएपछि यहाँका दुई प्रतिपक्ष दलले निर्वाचनसम्बन्धि हालै गरिएको सुधारलाई असंवैधानिक कदम भन्दै यसविरुद्ध सिन्ध उच्च अदालतमा उजुर दर्ता गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा