लन्डन । नेपालीहरुको महान सांस्कृतिक पर्व दशैं गोर्खा सैनिकले पनि हर्षोल्लासका साथ मनाए । वारमिनिस्टरस्थित आर्मी ग्यारिजनको सभाहलमा गोर्खा सैनिकहरुले वडा दशैं मनाएका हुन् । बेलायतस्थित बिग्रेड अफ गोर्खाजले प्रत्येक वर्ष दशैं तिहारको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने परम्परा छ ।
गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक र तिनका सन्तानलाई आफ्नो पर्व, संस्कृतिबारे जानकारी गराउन र नेपाली कला संस्कृति एवं परम्परा जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक रेजिमेन्टका अफिसर कमान्डिङ मेजर प्रकाश गुरुङले जानकारी दिए । उनले दशैं तिहार नेपालीको महान पर्व मात्र नभएर यो नेपालीको चिनारी समेत भएकाले प्रत्येक वर्ष गोर्खा रेजिमेन्टभित्र फूलपाती, कालरात्री र अन्तमा रात्रीभोजसहित सांगीतिक कार्यक्रम गर्ने चलन रहेको बताए ।
गोर्खाहरुले विजया दशमीका दिन रेजिमेन्टका गोर्खा मेजरबाट टिका, जमरासहित आर्शिवाद ग्रहण गरे ।
कार्यक्रममा प्रमुख अतिथी गणपति कर्णेल र विशेष अतिथी ग्यारिजन कमान्डर सहभागी थिए । अतिथीहरुलाई नेपाली टोपी र पुष्पगुच्छा दिंदै मेजर गुरुङले स्वागत गरेका थिए ।
उक्त अवसरमा गायक राजन लिम्बुले दशैं तिहार सम्बन्धि गीत प्रस्तुत गरे भने उत्तम थापा मगर र सुवास गुरुङले गोर्खा सैनिकभित्र चर्चित ‘खुकुरी नृत्य’ आकर्षक ढंगले प्रस्तुत गरे । त्यसैगरी ‘मै नाचु छमछमी’ मा जीवन गुरुङ र उत्तम थापा मगरको जोडदार नृत्य रहयो ।
‘कुटुमा कुटु…’ बोलको गीतमा कन्या गुरुङ, शिला गुरुङ, वर्षा र टिना घलेले आकर्षक नृत्य प्रस्तुत गरे । कम्पनीमा कार्यरत बेलायती महिला सैनिक फ्रान्की हार्ड र उत्तम मगरले अंग्रेजी गीत ‘मि लाइक यू’ प्रस्तुत गरेर उपस्थित बेलायती नागरिकलाई भरपुर मनोरन्जन दिएका थिए ।
उक्त सांस्कृतिक कार्यक्रम वारेन्ट अफिसर टु रित गुरुङले संयोजन गरेका थिए । यसै वर्ष ब्रिगेड अफ गोर्खाजको पहिलो र दोश्रो बटालियनले संयुक्त रुपमा स्थापना गरेको ‘ट्रेनिङ सपोर्ट कम्पनी’ का कमान्डर मेजर गुरुङले दशैं शुभकामना दिंदै अन्य गोर्खा रेजिमेन्टले जस्तै हरेक वर्ष दशैं मनाउने जानकारी दिएका थिए ।
कम्पनीका सार्जन्ट मेजर वारेन्ट अफिसर चोलानाथ लिम्बुको निर्देशनमा वारेन्ट अफिसर टु गंगा गुरुङ र वसन्त राईले रात्रीभोज संयोजन गरेका हुन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]