लन्डन । एनआरएनए यूकेको निर्वाचन ०१७ मा अध्यक्षका दुई प्रत्यासीहरु कृष्ण तिमल्सेना र हिराधन राई संघको सल्लाहकार नियुक्त भएका छन् । एनआरएनए यूकेको बुझबुझारथ कार्यक्रममा आइतबार एम्पायर हलमा आयोजित एक कार्यक्रममा दुई प्रत्यासीलाई नवनियुक्त अध्यक्ष योगकुमार फगामीले सल्लाहकार नियुक्त गरेको घोषणा गरियो । अध्यक्ष फगामीले दुई उपविजेतालाई तत्काल सल्लाहकार नियुक्त गरेर संघमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको छ ।
तिमल्सेना संघमा उपाध्यक्ष र आइसीसी सदस्य भइसकेका छन् भने राई दुई पटक उपाध्यक्ष भइसकेका छन् ।
उक्त समारोहमा एनआरएनए आइसीसी अध्यक्ष डा. शेष घले, एनआरएनए आइसीसी सल्लाहकारहरु डमर घले, विश्व आदर्श पण्डित र त्रिलोक गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु (सबै स्वतः संरक्षक) कुल आचार्य, मुछेत्र गुरुङ, सूर्य गुरुङ, योगेन क्षेत्री, महेन्द्र कंडेल, एनआरएनए आइसीसी प्रवक्ता रन्जु थापा, सोनाम लामा, पासाङ शेर्पा लगायत सहभागी थिए ।
प्रवक्तामा रमेशसिंह सराङकोटी

यसैबीच, एनआरएनए यूकेको प्रवक्तामा रमेशसिंह सराङकोटी नियुक्त भएका छन् । सोही कार्यक्रममा सराङकोटीलाई प्रवक्ता नियुक्त गर्दै भविष्यमा संघका हरेक गतिविधि मिडिया र अन्य सम्वन्धित ठाउंमा छिटो र प्रभावकारी ढंगले पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
सराङकोटी सामाजिक काममा सक्रिय बेलायतका एकजना अभियन्ता हुन् । संघमा अशोक श्रेष्ठ अध्यक्ष भएको बेला उनी कार्यालय सचिव थिए । ए स्टार फाइनान्सियल सर्भिसेस्मा फाइनान्सियल एडभाइजर छन् उनी ।
उक्त कार्यक्रम महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेका थिए ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित