काठमाडाँै २८ भदौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको निर्वाचन चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले सो कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
त्यस्तै सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीतको भएको भन्दै आयोगले काँग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले निकालेको संयुक्त चुनावी रयालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्दै आयोगले रयालीका आयोजकलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्लाबेग्लै निर्देशन दिएको जनाएको छ ।
यसैबीच आयोगले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचासंहिताविपरीतका कार्य भइरहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न प्रमुख सात राजनीतिक दलसँग आग्रह गरेको छ । आयोगले आज काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्न-गराउन आग्रह गरेको हो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त