काठमाडौं । पोखराको थ्री एञ्जल्सले नेपाल एसबीआई बैंक राष्ट्रिय सडक बालबालिका फुटबल लिगको उपाधि जितेको छ । सेल्टर आश्रय नेपालको आयोजनामा शुक्रबार भएको फाइनलमा थ्री एञ्जल्सले बाल मन्दिर ‘बी’ लाई ४–१ गोल अन्तरले हराउंदै उपाधि चुमेको हो । शुक्रबार नै भएको सेमिफाइनलमा थ्री एञ्जल्सले प्रयास ओसिडलाई ३–१ र बालमन्दिर बीले खुशी नेपाललाई २–१ गोल अन्तरले हराउंदै फाइनलको यात्रा तय गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो स्थानको खेलमा प्रयास ओसिडले खुशी नेपाललाई सडन डेथमा १–० गोलअन्तरले हरायो । ४० मिनेटको निर्धारित समयमा २–२ को बराबरी रोकिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो । प्रतियोगितामा थ्री एञ्जलका विशाल बादी सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा कुल ८ गोल गरेका थ्री एञ्जल्सकै सचिन विश्वकर्मा सर्वाधिक गोलकर्ता चुनिए । विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशबकुमार विष्टलगायतले पुरस्कार वितरण गरे । विष्टले यस प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
सेल्टर आश्रय नेपालको आयोजनामा भएको प्रतियोगितामा अनाथ तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० संस्थाका टिमको सहभागिता थियो । विश्वकपका लागि २६ सदस्यीय प्रारम्भिक खेलाडी रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकपका लागि प्रतियोगिताबाट २६ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ । सेल्टर आश्रय नेपालले आयोजना गरेको प्रतियोगिताबाट २६ जना प्रारम्भिक खेलाडी छनोट भएका छन् । उक्त प्रारम्भिक खेलाडीलाई अर्को हप्तादेखि प्रशिक्षण दिइने सेल्टर आश्रय नेपालकी खुश्बु ओलीले बताइन् । रुसका लागि ९ सदस्यीय खेलाडी छनोट गर्ने खुश्बुले बताइन् । त्यसमा थप ३ जना अतिरिक्त खेलाडीको रुपमा छनोट हुनेछन् ।
त्यस्तै ३ दिने प्रतियोगिताबाट छनोट भएका प्रारम्भिक टोलीमा थ्री एञ्जल्सको वर्चस्व रहंदा उसका ७ खेलाडी समावेश भए । प्रारम्भिक टोलीमा थ्री एञ्जल्सका ७ खेलाडी अशोक नेपाली, सचिन विश्वकर्मा, जिवित कुश्मा थारु, सन्जु बादी, विशाल बादी, राजु बादी, सुनिल बादी, नेपाल बाल मन्दिरका रमेश शाह, हर्ष ठकुरी, सन्तोष खत्री, खुसी नेपालका कुमार लामा, विराज श्रेष्ठ, एरोन कार्की, रोशन भुजेल, मनवीर लामा, प्रयास ओसिडका खेम राज रिमाल, राजु वन, रोशन कामी, सेल्टर आश्रय नेपालका सन्तोष राई र सुजन परियार, लाइट हाउस फाउण्डेसनका विक्रम मल्ल, अर्जुन रोकामगर, सोबर रिकभरिका विशाल सिटौला, पवन शाही (एक्सन लभ नेपाल), सांग्रीलाका उब्जन कार्की र विकेश तिमल्सिना छनोट भए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा