काठमाडौं। नेपाल कुवेतमा भएको एसिसी यु १९ प्रिमियर ट्रफीको उप विजेता भएको छ । राउन्ड रोबिन आधारित प्रतियोगिताको उपाधि सबै खेल जित्ने अफगानिस्तान बनेको छ।
शुक्रबार भएको खेलमा अफगानिस्तानसँग ५ विकेटले नेपाल पराजित भएपछि नेपालको उपाधि जित्ने संभावना गणितीय रुपमा मात्रै बाँकी थियो। प्रतियोगिता जित्ने टिमले अगामी वर्ष बंगालादेशमा हुने अन्डर नाइन्टिन बर्ल्ड कपको क्वालिफायर खेल्न पाउने छ।
शनिबार भएको अन्तिम खेलमा नेपालले युएइलाई ९४ रनको अन्तरले पराजित गरेको छ । नेपालले राखेको २ सय ५१ रनको लक्ष्य पछ्याएको १ सय ५६ रनमा अल आउट भयो। युएइको टोली ४३ ओभर ३ बलमा आउट भएको थियो।
टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सबैभन्दा बढी ६० र प्रेम तामाङले ५२ रन बनाए । त्यसैगरी शंकर रानाले ४७ र योगेन्द्र सिंह कार्कीले २८ बलमा ३५ रन बनाए । बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३, अर्सद अहमदले २, सौरभ खनाल, आरिफ शेख, सुनिल धमला, सुशील कँडेलले १-१ विकेट लिए।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण