काठमाडौं। नेपाल कुवेतमा भएको एसिसी यु १९ प्रिमियर ट्रफीको उप विजेता भएको छ । राउन्ड रोबिन आधारित प्रतियोगिताको उपाधि सबै खेल जित्ने अफगानिस्तान बनेको छ।
शुक्रबार भएको खेलमा अफगानिस्तानसँग ५ विकेटले नेपाल पराजित भएपछि नेपालको उपाधि जित्ने संभावना गणितीय रुपमा मात्रै बाँकी थियो। प्रतियोगिता जित्ने टिमले अगामी वर्ष बंगालादेशमा हुने अन्डर नाइन्टिन बर्ल्ड कपको क्वालिफायर खेल्न पाउने छ।
शनिबार भएको अन्तिम खेलमा नेपालले युएइलाई ९४ रनको अन्तरले पराजित गरेको छ । नेपालले राखेको २ सय ५१ रनको लक्ष्य पछ्याएको १ सय ५६ रनमा अल आउट भयो। युएइको टोली ४३ ओभर ३ बलमा आउट भएको थियो।
टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सबैभन्दा बढी ६० र प्रेम तामाङले ५२ रन बनाए । त्यसैगरी शंकर रानाले ४७ र योगेन्द्र सिंह कार्कीले २८ बलमा ३५ रन बनाए । बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३, अर्सद अहमदले २, सौरभ खनाल, आरिफ शेख, सुनिल धमला, सुशील कँडेलले १-१ विकेट लिए।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?