
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास एक्स सूर्य किरण बाह्रमा सहभागी दुवै देशका सैनिकहरु । तस्बिरः सौजन्यः नेपाली सेना, रासस
काठामाडौँ, १८ भदौ । नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा आजदेखि शुरु भएको छ ।
विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गर्नुभयो ।
संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गर्नुभएको छ । दुवै देशका करिब ३००-३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको सो संयुक्त अभ्यास यही भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो । विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको सो संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलतापुर्वक सञ्चालन भइसकेको छ ।
संयुक्त अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा आदानप्र्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । सो संयुक्त सैनिक अभ्यासले दुई देशबीच वषौँदेखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जाबीच समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने