लन्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठन (इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशन -आइएमओ) का स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले संगठनका महासचिव किट्याक लिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
३१ अगष्ट बिहान संगठनको लन्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच सुवेदीले ओहोदाको प्रमाणपत्र पेश गरेको दूतावासले जनाएको छ ।
उक्त अवसरमा नवनियुक्त स्थायी प्रतिनिधि राजदूत सुवेदीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र परराष्ट्र सचिव शंकरदास बैरागीले संगठनका महासचिव लिमलाई पठाएको शुभकामना सन्देश प्रस्तुत गरे ।
राजदूत सुवेदीले महासचिव लिमसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालमा दुई वर्षअघि लोकतान्त्रिक र समावेशी संविधान जारी भएको र सो संविधानका आधारमा स्थानीय निकायको अधिकांश निर्वाचन सम्पन्न भई आगामी मंसिरमा प्रदेश र संघीयस्तरको निर्वाचन तयारी भइरहेको जानकारी गराएका थिए । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थिरता कायम भइसकेको परिप्रेक्ष्यमा नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहेको उल्लेख गर्दै स्थायी प्रतिनिधि डा. सुवेदीले अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठनमा नेपाल सरकारका तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताए ।
महासचिव लिमले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै आइएमओका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भएकामा डा. सुवेदीलाई बधाइ दिए । लिमले सन् १९७९ देखि नेपाल संगठनको पूर्ण सदस्य रहेको जनाउंदै यसमा सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध गरेका थिए ।
नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय रहेको बताउंदै महासचिव लिमले लोकतान्त्रिक संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको पाउंदा आफूलाई हर्ष लागेको र अब नेपालले आर्थिक विकासलाई तीव्रता दिनु आवश्यक रहेको बताए । उनले भर्खरै गएको बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिमा आफ्नो र संगठनको सहानुभूति रहेको र हुन सक्ने सहयोगका लागि आगामी साधारणा सभामा छलफल हुने जानकारी समेत दिए ।
उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा एवं परराष्ट्र सचिव शंकरदास वैरागीमा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभेच्छा प्रकट गरेका थिए । लिमले सुवेदीको नेपाल भ्रमणको निमन्त्रणाका लागि धन्यवाद दिंदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
उक्त समारोहमा दूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख शरदराज आरण र तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेको पनि उपस्थिति थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी