काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लामा तथा दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिरमा दुई चरणमा एकसाथ गर्ने निर्णय यस अघि नै गरिसकेको थियो ।
आयोगले प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा जिल्लामा पहिलो चरणमा आगामी मंसिर १० गते निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
आयोगका अनुसार, प्रदेश नं ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट तथा डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमै हुनेछ ।
निर्वाचन आयोगले प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लामा भने दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख, प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि दोस्रो चरणमा सञ्चालन गर्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी ऐन अनिवार्य हुने भएकाले उक्त कानून शीघ्र आयोगमा उपलब्ध गराइ दिन सरकारलाई पुनः अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
निर्णयमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग नेपाल सरकारबाट प्राप्त हुनेमा आयोग विश्वस्त रहेको व्यहोरा नेपाल सरकालाई जानकारी गराउने ।’
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गर्दै आयोगले तोकिएको मितिमा स्वच्छ र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?