लन्डन । एनआरएनए यूकेको निर्वाचन आउन अब डेढ हप्ता बांकी रहंदा चुनावी माहोल उत्सर्गमा छ । विभिन्न पदका ५३ जना उम्मेदवार कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि अब चुनावमै होमिएको छ एनआरएनए यूके ।
आगामी नेतृत्व सम्हाल्ने अध्यक्ष कस्तो आउला भन्ने चासो पनि जनमानसमा छ । तर, एनआरएनए यूकेमा नेतृत्व गर्न तयार नेताहरुले नयां भिजन भन्दा पनि पुराना एजेण्डालाई नै अघि सारेका छन् । सम्भवतः कसैले बनाइदिएको पुरानै एजेण्डा बोकेर मत माग्न उम्मेदवारहरुको घरदैलो तीव्र छ ।
एनआरएनए यूकेको अध्यक्षका लागि कृष्ण तिमल्सेना, योगकुमार फगामी र हिराधन राई मैदानमा छन् । केन्द्रतिर बढि झुकाव राखेका तिमल्सेनाको एजेण्डा यसअघि खासै देखिएन किनकि उनी सहमतिमै अन्तर्राष्ट्रिय समन्वय परिषदमा पुगे । बिना एजेण्डै सहमतिमा केन्द्र पुग्ने निश्चित भएपछि उनलाई जनतासमक्ष प्रतिवद्धताको आश्वासन जरुरी परेन ।
तर, एनआरएनए यूकेका उपाध्यक्ष रहिसकेका योगकुमार फगामी र हिराधन राईका गत कार्यकालका प्रतिवद्धता र अहिले अध्यक्ष दावी गरेपछि सार्वजनिक गरिएका एजेण्डामा खासै भिन्नता छैन् । गोर्खालीका मुद्दा, वृद्धवृद्धालाई सहयोग, बेलायतको सीप र ज्ञान मातृभूमिमा स्थानान्तरण र एनआरएनए यूकेको सदस्यता लिंदा हुने फाइदाबारे बढि केन्द्रित भएर अन्तरवार्ता दिएका राईको वर्तमान एजेण्डा पनि त्यही छ । कार्यान्वयन पक्ष शुन्य प्राय देखिएका ति एजेण्डा कागजमै सीमित रहे र अहिले फेरि त्यही प्रतिवद्धताको आश्वासन बांडिदैछ । मतदाताहरुको जिज्ञासा र आशंका छ, ‘एजेण्डा समेत परिवर्तन गर्न असक्षमबाट नयां आशा के गर्ने ?’ गोर्खा भएकै कारण राईले आफ्नो चुनावी मुद्दामा गोर्खा समस्या समाधान गर्ने वाचा गरेपनि कार्यान्वयन भने उनको कार्यकालमा देखिएन ।
यू-ट्यूवमा राखिएका अन्तर्वार्ता हेर्दा पहिलेको बोली र अहिले कत्ति भिन्नता देखिन्न । एनआरएनए यूकेप्रति जनताले देखाएको विकषर्णलाई आकषर्णमा बदल्ने र जनताको साझा एनआरएनए यूके बनाउने दुबैको विगतको चुनावी एजेण्डा ‘गफ’ मै सीमित देखियो । पूर्व अध्यक्षद्धय योगेन क्षेत्री र महेन्द्र कंडेलबीचको विवादमा क्षेत्री पक्षीय समूहमा खुल्ला रुपमा उत्रिएर एनआरएनए यूकेलाई ‘तथानाम’ गाली गर्ने उपाध्यक्ष योगकुमार फगामी अहिले अध्यक्षको प्रत्यासी छन् । उनले विगतमा एनआरएनए यूकेलाई कस्ता शव्दले निन्दा र गाली गरेका थिए त्यो बेलायतवासी नेपालीको मस्तिष्कमा ताजै छ । उनले त्यतिबेला ‘एनआरएनए यूके चाहिंदैन्’ भनेर तल्लो स्तरमा ओर्लिएर संस्था र अग्रजहरुलाई गाली गरेको स्मरण गर्दा जिब्रो नटोक्ने कमै छन् । कि आरोप पुष्टी गर्न सक्ने हैसियत राख्नुपर्छ कि आवेशमा आरोप लगाएको हो भने स्वयं आत्मालोचना गर्न सक्नुपर्छ । तर, फगामीले न त आरोप प्रमाणित गर्न सके न आत्मआलोचना नै ।
अमेरिका र युरोपमा एनआरएनए सदस्यता शुल्कको तुलनामा यूकेमा महंगो २५ पाउण्ड राख्दा उपाध्यक्ष फगामी र राईले घटाउन कुनै भूमिका निर्वाह समेत गरेनन् । उल्टो बेलायतका नेपालीलाई ढाड सेक्नेगरी बढाइएको शुल्कमा सहमति जनाए । जातिय संस्थाको बलमा माथि आएपनि जातिय, क्षेत्रिय एजेण्डा छाडेर सबै नेपालीको एनआरएनए बनाउने प्रतिवद्धताप्रति उनी कहिल्यै अघि बढेनन् । जातीय संस्थाकै भोट बैंक देखाएर मैदानमा आउनु फगामीका लागि प्रतिवद्धता विपरित छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]