लन्डन । ओशो तपोवन युकेका संस्थापक स्वामी आनन्द अरुण सोमबार बेलुका युके आइपुग्नुभयो। उहाँलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्यासी तथा तिनका परिवारले हार्दिक स्वागत गरेका थिए।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ स्वामी अरुणले यही शुक्रबार, सेप्टेम्बर १ देखि सोमबार सेप्टेम्बर ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।
शिविरमा सहभागी हुन इच्छुक मित्रहरुलाई [email protected] मा वा 07886018119/07771687332/07428190745 मा सम्पर्क गर्न आयोजक ओशो क्याम्प युकेले जनाएको छ।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो।
स्वामी अरुणले गत एघार वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।
‘राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु’, स्वामी अरुणले भन्नुभयो।
www.facebook.com/osho.campuk मा गएर थप जानकारी प्राप्त गर्न सकिनेछ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता