लन्डन । ओशो तपोवन युकेका संस्थापक स्वामी आनन्द अरुण सोमबार बेलुका युके आइपुग्नुभयो। उहाँलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्यासी तथा तिनका परिवारले हार्दिक स्वागत गरेका थिए।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ स्वामी अरुणले यही शुक्रबार, सेप्टेम्बर १ देखि सोमबार सेप्टेम्बर ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।
शिविरमा सहभागी हुन इच्छुक मित्रहरुलाई [email protected] मा वा 07886018119/07771687332/07428190745 मा सम्पर्क गर्न आयोजक ओशो क्याम्प युकेले जनाएको छ।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो।
स्वामी अरुणले गत एघार वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।
‘राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु’, स्वामी अरुणले भन्नुभयो।
www.facebook.com/osho.campuk मा गएर थप जानकारी प्राप्त गर्न सकिनेछ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन