
लण्डन, १० भदौ । ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ ।
आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामो एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुरयाइएको छ । अधिकारीहरुका अनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।
यसैबीच घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरको जनाउँदै प्रहरीले केही बताउन अस्वीकार गरेको छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो