
लन्डन । एनआरएनए आइसीसी अध्यक्ष शेष घले बेलायत आउने भएका छन् । तमुधिं यूकेले गर्न लागेको ९ औं ‘नेपाली मेला’ मा आतिथ्य ग्रहण गर्न घले शनिबार बेलायत आउन लागेका हुन् ।
आइतबार २७ अगष्टमा केम्पटन पार्क रेस कोर्षमा नेपाली मेला हुंदैछ । घले तमुधिं यूकेका संरक्षक पनि हुन् । तमुधिं यूकेले उक्त अवसरमा बाढी पीडितका लागि संकलित रकम घलेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
यसैबीच, घलेको स्वागत तथा सम्मानमा एनआरएनए यूकेले सोमबार २८ अगष्ट दिउसो अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रम गर्ने भएको छ । अध्यक्ष मुछेत्र गुरुङको आफ्नो कार्यकालमा केन्द्रिय अध्यक्षसंग सम्भवत यो अन्तिम सार्वजनिक हो ।
एनआरएनए यूकेको चुनाव नजिकिइरहेकै बेला घलेको आगमनलाई ‘अर्थपूर्ण’ मानिएको छ । घलेबाट कसले आर्शिवाद पाउने हुन् चासोको विषय छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन