लन्डन । नेपाली चलचित्र ‘धनपति’ को बेलायत प्रिमियरमा आएका कलाकार/निर्देशकलाई लन्डन साउथ हयारोस्थित माया पबका तर्फबाट सम्मान गरिएको छ । गत शनिबार एक कार्यक्रमबीच पबका सञ्चालकहरु सिद्धार्थ विक्रम क्षेत्री, रबिन गुरुङ लगायतले ‘धनपति’ फिल्मका निर्देशक दीपेन्द्र के खनाल, कलाकार-लेखक खगेन्द्र लामिछाने र निर्मात्री रोजिना सिटौलालाई खादाले सम्मान गरे । सम्मान गर्दै माया पबका सिद्धार्थविक्रम क्षेत्रीले कलाकारहरुको बेलायत बसाइ सुखद र सार्थक रहोस् भन्ने शुभकामना दिएका थिए । कलाकारहरुले पनि आयोजकप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाली चलचित्रको बजार र वर्तमान अवस्थाबारे छलफल भएको थियो ।
यसअघि विश्व एथलेटिक्स अन्तर्गत म्याराथनमा भाग लिन आएका नेपालका खेलाडी भूमिराज राई र अफिसियललाई पनि माया पबले सम्मान गरेको थियो । अहिले संघसंस्थाका बैठक, समारोह र जमघटका लागि ‘माया पब’ केन्द्र बनेको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि