लन्डन । नेपाली चलचित्र ‘धनपति’ को बेलायत प्रिमियरमा आएका कलाकार/निर्देशकलाई लन्डन साउथ हयारोस्थित माया पबका तर्फबाट सम्मान गरिएको छ । गत शनिबार एक कार्यक्रमबीच पबका सञ्चालकहरु सिद्धार्थ विक्रम क्षेत्री, रबिन गुरुङ लगायतले ‘धनपति’ फिल्मका निर्देशक दीपेन्द्र के खनाल, कलाकार-लेखक खगेन्द्र लामिछाने र निर्मात्री रोजिना सिटौलालाई खादाले सम्मान गरे । सम्मान गर्दै माया पबका सिद्धार्थविक्रम क्षेत्रीले कलाकारहरुको बेलायत बसाइ सुखद र सार्थक रहोस् भन्ने शुभकामना दिएका थिए । कलाकारहरुले पनि आयोजकप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाली चलचित्रको बजार र वर्तमान अवस्थाबारे छलफल भएको थियो ।
यसअघि विश्व एथलेटिक्स अन्तर्गत म्याराथनमा भाग लिन आएका नेपालका खेलाडी भूमिराज राई र अफिसियललाई पनि माया पबले सम्मान गरेको थियो । अहिले संघसंस्थाका बैठक, समारोह र जमघटका लागि ‘माया पब’ केन्द्र बनेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता