लन्डन । नेपाली चलचित्र ‘धनपति’ को अल्डरसटस्थित एम्पायर हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ ।
गत अगष्ट १८ सांझ नेपालबाट आएका उक्त फिल्मका निर्देशक दीपेन्द्र के खनाल, कलाकार/लेखक खगेन्द्र लामिछाने र निर्मात्री रोजिना सिटौलाको सहभागितामा प्रिमियर शो भएको हो ।
बेलायत प्रिमियरमा सहभागी हुने अवसर पाएकामा नेपालबाट आएका कलाकार निर्देशक प्रसन्न देखिन्थे ।
नेपालमा रिलिज भइसकेको धनपतिले नेपाली समाजको वास्तविकता उजागर गर्ने निर्देशक खनालले जनाए । यही समूहको अघिल्लो प्रोजेक्ट ‘पशुपतिप्रसाद’ नेपालमा सफल मानिएको थियो ।
३२ बक्स र जि ९ इन्टरटेन्मेन्टसले फिल्म बेलायतमा ल्याएका हुन् । उक्त फिल्म आसफोर्ड, क्याट्रिक, न्यू क्यासल, रेडिङ, हयारो, एडिनबरा, एबरडिन, ब्लान्डफोर्ड, योर्क, ननिटन आदि शहरमा प्रदर्शन गरिने जि ९ इन्टरटेन्मेन्टसका प्रशान्त राईले जनाए ।
२० अगष्ट आइतबार लन्डनस्थित सफारी सिनेमा हलमा गर्ने भनिएको प्रिमियर शो भने स्थगित भएको छ । प्राविधिक कारणले उक्त शो १० सेप्टेम्बरका लागि सारिएको आयोजकले बताएका छन् ।
३२ बक्स र जि ९ इन्टरटेन्मेन्टसले नेपालका सफल चलचित्र नियमित रुपमा बेलायतमा प्रदर्शन गर्ने लक्ष्य लिएका छन् ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि