
लन्डन । तमुधिं लन्डन इकाइ आमा समूहले आइतबार लन्डनमा तीज कार्यक्रम आयोजना गरेको छ । नर्थहोल्ट सोसियल क्लवमा आयोजित कार्यक्रममा महिलाहरु शुभकामना आदानप्रदान गर्दै दर र नाचगानमा रमाए ।
आमा समूहकी अध्यक्ष हुमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष तथा इकाइ सल्लाहकार नारायणप्रसाद गुरुङ लगायतले तीजको शुभकामना दिएका थिए ।
तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङले मन्तव्यका क्रममा हरितालिका तीजले सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चर्चा गर्दै महिलाहरुलाई अप्ठेरोमा माइतीघर बलियो आधार हुने बताए ।
आमा समूहकी महासचिव एवं कार्यक्रम संयोजक दिलमाया गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपालबाट आएकी गायिका रुपा घर्ती मगरले दर्शक नचाइन् ।
कार्यक्रममा उत्कृष्ट नाच गर्ने दशजना महिलालाई पुरस्कृत गरियो । उत्कृष्ट नाच र पोशाकमा गीता बस्नेत पाण्डे प्रथम र प्रिमा भट्टराईले दोश्रो पुरस्कार जिते । ‘राफल ड्र’ समेत कार्यक्रमको अर्को आकर्षण थियो जसमा प्रमुख अतिथी प्रेमकुमार गुरुङले पहिलो पुरस्कार जितिन् ।
सहभागी महिलाहरु डिजे सपनकुमार राईको तीज, हिन्दी र नेपाली गीतमा मज्जाले नाचे । कार्यक्रम सफल बनाउन भरत गुरुङ, तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङकी धर्मपत्नी बिना गुरुङ लगायतको योगदान थियो ।
तस्विरः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता