
लन्डन । तमुधिं लन्डन इकाइ आमा समूहले आइतबार लन्डनमा तीज कार्यक्रम आयोजना गरेको छ । नर्थहोल्ट सोसियल क्लवमा आयोजित कार्यक्रममा महिलाहरु शुभकामना आदानप्रदान गर्दै दर र नाचगानमा रमाए ।
आमा समूहकी अध्यक्ष हुमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष तथा इकाइ सल्लाहकार नारायणप्रसाद गुरुङ लगायतले तीजको शुभकामना दिएका थिए ।
तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङले मन्तव्यका क्रममा हरितालिका तीजले सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चर्चा गर्दै महिलाहरुलाई अप्ठेरोमा माइतीघर बलियो आधार हुने बताए ।
आमा समूहकी महासचिव एवं कार्यक्रम संयोजक दिलमाया गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपालबाट आएकी गायिका रुपा घर्ती मगरले दर्शक नचाइन् ।
कार्यक्रममा उत्कृष्ट नाच गर्ने दशजना महिलालाई पुरस्कृत गरियो । उत्कृष्ट नाच र पोशाकमा गीता बस्नेत पाण्डे प्रथम र प्रिमा भट्टराईले दोश्रो पुरस्कार जिते । ‘राफल ड्र’ समेत कार्यक्रमको अर्को आकर्षण थियो जसमा प्रमुख अतिथी प्रेमकुमार गुरुङले पहिलो पुरस्कार जितिन् ।
सहभागी महिलाहरु डिजे सपनकुमार राईको तीज, हिन्दी र नेपाली गीतमा मज्जाले नाचे । कार्यक्रम सफल बनाउन भरत गुरुङ, तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङकी धर्मपत्नी बिना गुरुङ लगायतको योगदान थियो ।
तस्विरः शिव भण्डारी
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि