लन्डन । धादिङ नुवाकोट समाज बेलायतले सर्लाही डुबानका पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।
अविरल वर्षाका कारण तराई भूभागमा आएको बाढीपछि ठूलो धनजन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समाजले सर्लाहीको डुबान क्षेत्रमा संस्थाकै प्रतिनिधि गएर राहत सामाग्री वितरण गर्ने भएको हो ।
गत शुक्रबार समाजका अध्यक्ष चोकबहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठक बमोजिम संस्थाका उपाध्यक्ष इन्जिनियर दीप तामाङ यही बुधबार २३ अगष्ट २०१७ का दिन बाढी प्रभावित सर्लाही गइ स्थानीय सामाजिक अभियन्ता तथा बाल सचेतना केन्द्रका अध्यक्ष सुरेन्द्र लामाको संयोजनमा अत्यावश्यक सामाग्री वितरण गर्ने भएका छन् ।
संस्थाका महासचिब धन बहादुर पाख्रिनका अनुसार, समाजका सदस्यहरुबाट ५ लाख भन्दा बढि रकम संकलन भइसकेको छ । अध्यक्ष सिबी तामाङले मंगलबार २२ अगष्टसम्म प्राप्त सम्पूर्ण रकम सिधै प्रभावित क्षेत्रका लागि अत्यावश्यक सामाग्री खरिद गर्न पठाइने भएकाले संस्थाका अग्रजहरु, सदस्य, शुभचिन्तक र शुभेच्छुक सबैलाई यस मानवीय कार्यमा सहभागी हुन आव्हान गरेका छन् ।
सहयोग रकम जम्मा गर्न संस्थाको खाता नं २१५२६५०२, सर्टकोड ४०-३५-४५ छ । सम्भवतः प्रवासबाट प्रभावित क्षेत्रमा आफ्नै पहलमा राहत वितरण गर्ने यो पहिलो संस्था हो ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन