लन्डन । धादिङ नुवाकोट समाज बेलायतले सर्लाही डुबानका पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।
अविरल वर्षाका कारण तराई भूभागमा आएको बाढीपछि ठूलो धनजन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समाजले सर्लाहीको डुबान क्षेत्रमा संस्थाकै प्रतिनिधि गएर राहत सामाग्री वितरण गर्ने भएको हो ।
गत शुक्रबार समाजका अध्यक्ष चोकबहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठक बमोजिम संस्थाका उपाध्यक्ष इन्जिनियर दीप तामाङ यही बुधबार २३ अगष्ट २०१७ का दिन बाढी प्रभावित सर्लाही गइ स्थानीय सामाजिक अभियन्ता तथा बाल सचेतना केन्द्रका अध्यक्ष सुरेन्द्र लामाको संयोजनमा अत्यावश्यक सामाग्री वितरण गर्ने भएका छन् ।
संस्थाका महासचिब धन बहादुर पाख्रिनका अनुसार, समाजका सदस्यहरुबाट ५ लाख भन्दा बढि रकम संकलन भइसकेको छ । अध्यक्ष सिबी तामाङले मंगलबार २२ अगष्टसम्म प्राप्त सम्पूर्ण रकम सिधै प्रभावित क्षेत्रका लागि अत्यावश्यक सामाग्री खरिद गर्न पठाइने भएकाले संस्थाका अग्रजहरु, सदस्य, शुभचिन्तक र शुभेच्छुक सबैलाई यस मानवीय कार्यमा सहभागी हुन आव्हान गरेका छन् ।
सहयोग रकम जम्मा गर्न संस्थाको खाता नं २१५२६५०२, सर्टकोड ४०-३५-४५ छ । सम्भवतः प्रवासबाट प्रभावित क्षेत्रमा आफ्नै पहलमा राहत वितरण गर्ने यो पहिलो संस्था हो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता