
लन्डन । नेपालमा हालै गएको बाढी, पहिरो र डुबान पीडित परिवारजनलाई राहत उपलव्ध गराउने सम्वन्धमा लन्डनस्थित नेपाली दूतावासमा शनिबार दिउसो छलफल भएको छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले डाकेको उक्त आकष्मिक बैठकमा उल्लेख्य उपस्थिति नभएपनि सहभागी संघसंस्थाका प्रतिनिधिले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा राजदूत सुवेदीले पीडितहरुलाई बेलायतका नेपालीबाट भइरहेको स्वतस्फूर्त र स्वेच्छिक सहयोगप्रति आभार व्यक्त गरेका थिए । बैठकमा राजदूतले प्राकृतिक विपत्तिमा नेपाल सरकारबाट जारी राहत, खोज र उद्दार कार्यबारे प्रकाश समेत पारे ।
बैठकमा सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संलग्न सूची बमोजिमका बैंकहरुमा सिधै रकम जम्मा गर्न तथा वस्तुगत सहयोग समेत उपलव्ध गराउन सकिनेबारे अवगत गराइएको थियो ।
बैठकपछि बाढी तथा पहिरो पीडित परिवारहरुलाई बेलायतका विभिन्न संघसंस्था र समाजबाट प्राप्त हुने सहायता सम्वन्धमा आवश्यक समन्वय गर्ने कामका लागि दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई संयोजक तोकिइएको दूतावासले जनाएको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि