
लन्डन । रसमोर बरो क्षेत्र प्रतिनिधित्व गर्ने नेपाली युवाहरुको समूह ‘नया युवा’ ले यस वर्ष पनि रसमोर साइकल फोरमको सहकार्यमा साइकल च्यारिटी राइड गर्ने भएको छ । नव युवाले विगत सात वर्षदेखि यस्तो च्यारिटीमा सहभागिता जनाउंदै आएको छ ।
मेयर च्यारिटीहरु (अल्जाइमर क्याफे, क्रियटिङ फ्यूचर र पार्क-साइड (अल्डरसट एण्ड डिष्ट्रिक्ट लर्निङ डिसएबिलिटीज्) मा सघाउन नया युवाले साइकल राइड गर्न लागेको हो ।
३ सेप्टेम्बर बिहान ९. ३० मा रसमोर कम्युनिटी सेन्टरबाट शुरु हुनेछ साइकल यात्रा । त्यसै दिन बिहान साढे ८ बजे रजिष्ट्रेशन गर्न सकिनेछ । साइकल यात्रीले १३ चेक प्वाइन्टमध्ये जतिसक्दो पार गरे पुरस्कार समेत जित्न सक्नेछन् । राफल ड्र समेत राखिएको छ ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष जीव बेल्वासेले साइकल च्यारिटीमा भाग लिएर सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।
नया युवाले नेपाली युवा लक्षित विभिन्न उपयोगी कार्यक्रम जस्तै लागू औषध सेवन लत हटाउन पहल, स्थानीय समुदायसंग समायोजन र च्यारिटी कार्य गरिरहेको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ